काठमाडौं ११ चैत । दक्षिण कोरियाको संवैधानिक अदालतले महाभियोग लगाइएका कार्यवाहक राष्ट्रपतिलाई पदमा पुनर्बहाली गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार दक्षिण कोरियाली संसद्ले महाभियोग लगाएका कार्यवाहक राष्ट्रपति हान डक सुलाई अदालतले सोमबार पदमा फर्काएको हो। गत डिसेम्बरमा देशमा सैनिक शासन लागू गर्ने प्रयास गरेपछि ...