ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियाका प्रधानमन्त्रीमाथिको महाभियोग अदालतबाट खारेज, कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली


एबीसी न्यूज
१० चैत्र २०८१, सोमबार   १ : २४   बजे

काठमाडौं ११ चैत । दक्षिण कोरियाको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री एवम् कार्यवाहक राष्ट्रपति हान डक–सुको महाअभियोग खारेज गरेको छ । संसद्ले लगाएको महाभियोग अदालतले खारेज गरेसँगै उहाँ कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली हुनुभएको छ ।

राष्ट्रपति युन सुक योललाई महाभियोग लगाइएपछि त्यति बेला प्रधानमन्त्री रहेका हान डक सु कार्यवाहक राष्ट्रपति बन्नुभएको थियो । सैनिक कू गर्ने असफल प्रयास गरेका राष्ट्रपति युनको महाभियोग अदालतबाट अगाडि बढ्ने प्रक्रिया रोकेको भन्दै संसद्ले कार्यवाहक राष्ट्रपति बनेका हान डक सुलाई पनि महाभियोग लगाएको थियो ।

झन्डै तीन महिनामा निर्णय सुनाउँदै संवैधानिक अदालतले हान डक सुलाई कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली गरेको बीबीसीले जनाएको छ । अदालतले पुनर्बहाली गरेपछि हानले धन्यवाद ज्ञापन गर्दै आफू निलम्बनमा रहँदा मन्त्रीहरूले कडा मेहनतका साथ काम गरेका बताउनुभएको छ ।

संवैधानिक इजलासका आठमध्ये पाँच जना न्यायाधीशले हानलाई महाभियोग लगाउनुपर्ने पर्याप्त आधार नरहेको निर्णय गरेका छन् । दुई जना न्यायाधीले भने संसद्को दुई तिहाइले पास नगरेका कारण महाभियोग प्रस्ताव नै अवैध रहेको बताएका छन् । एक जना न्यायाधीशले भने हानलाई महाभियोग लगाउनुपर्ने पक्षमा मत दिएका थिए ।

गएको डिसेम्बरमा राष्ट्रपति युनले देशमा सैनिक शासन लागू गरेका थिए । तर उनको घोषणालाई केही घन्टामै दक्षिण कोरियाली संसद्ले उल्ट्याएको थियो । त्यसपछि संसद्ले उनीमाथि महाभियोग लगाएको थियो ।

दक्षिण कोरियामा संसद्ले महाभियोग लगाएपछि त्यो प्रस्तावमा संवैधानिक अदालतले एक सय ८० दिनभित्र फैसला गर्छ । युनमाथिको महाभियोगबारे पनि अब केही दिनमा अदालतले निर्णय गर्ने बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

सम्बन्धित

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group