काठमाडौं ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार भएका जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी काम शीघ्र सम्पन्न गरिने बताउनुभएको छ । प्रतिनिधिसभाका सांसदहरूले सोध्नुभएका प्रश्नहरूको आज जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले विभिन्न कारणले जग्गाधनी प्रमाणपत्र नभएकाहरूलाई उपलब्ध गराइने जानकारी दिनुभयो । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको ...