काठमाडौं १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच टेलिफोन वार्ता भएको छ। बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग टेलिफोनमा केहीबेर पछिल्लो राजनीतिक समीकरणबारे कुराकानी गरेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार, सत्ता समीकरणको पछिल्लो अपडेटबारे उनीहरूबीच कुराकानी भएको थियो। ...