काठमाडौं, १९ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपा माओवादीका पोलिटव्यूरो सदस्य तथा पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईसहितका नेताहरु नेकपामा प्रवेश गर्ने भएका छन् । राईसहितका नेता कार्यकर्तालाई आज आइतबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पार्टी प्रवेश गराउनुहुने छ ...