काठमाडौं, २४ साउन । कोरोनाभाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाको टोखा, बिराटनगर र बिरगंजमा एक एक गरी तीन जनाको मृत्यु भएको जनाएको छ । यसअघि शुक्रबार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित पाँचजनाको मृत्युको पुष्टि भएको थियो। ...