काठमाडौं, १६ असोज । साविक विजेता मुम्बई इन्डियन्सले यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । अबुधाबीमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ४८ रनले पराजित गर्दै दोस्रो जित हात पारेको मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ...