Accuracy, Balance & Credibility

पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान रोनाल्डोलाई कोरोना सङ्क्रमण पुष्टि

abc

काठमाडौं, २७ असोज ।  पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान तथा इटालियन क्लव युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।रोनाल्डोलाई कोरोना सङ्क्रमण पुष्टि भएको पोर्चुगिज फुटबल महासङ्घले मङ्गलबार जानकारी दिएको हो । कोरोना रिपोर्ट पोजेटिभ आए पनि उनका लक्षण नदेखिएको र अहिले अवस्था सामान्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना पुष्टि भएपछि उनले स्विडेनसँगको खेल गुमाउने भएका छन् ।