एजेन्सी,८ बैशाख । युक्रेनमा राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान आइतबार बिहानैदेखि शुरु भएको छ । चुनावमा राष्ट्रपति पेट्रो पोरोशेन्को र हास्य कलाकार भोलोडिमर जेलेन्स्कीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । पछिल्ला जनमत सर्वेक्षणले हास्य कलाकार जेलेन्स्की निर्वाचित हुने सम्भावना रहेको देखाएका छन् । ...