ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जथाभावी छुरा प्रहार गरी पाँच जनाको हत्या, १३ घाइते


admin

सोल, ४ वैशाख । दक्षिण कोरियाको दक्षिणपश्चिमी क्षेत्रको एक गाउँमा जथाभावी छुरा प्रहार गरी कम्तीमा पाँच जना नागरिकको हत्या गरिएको छ । यसरी मारिनेमा सर्वसाधारण नागरिक परेका छन् । त्यस्तै अरु १३ जना छुरा प्रहारबाट नराम्ररी घाइते भएका छन् ।

एकजना स्थानीयले आफ्नो अपार्टमेन्टमा आगो लगाएको र आगो लागेपछि भाग्ने क्रममा भाग्न खोज्ने नागरिकलाई छुरा हानिएको बताइएको छ । सो अपार्टमेन्टको चौथो तल्लामा एकजना ४२ वर्षीय स्थानीय बस्ने गरेका थिए । उक्त अपार्टमेन्टको आफू बसिरहेको तल्लामा आगो लगाएर भागेका थिए ।

उनी भाग्ने क्रममा सो अपार्टमेन्टको भूईतल्लाको प्रतिक्षालयमा बसिरहेका मानिस भाग्न खोजेका र भाग्ने क्रममा उनीहरुमाथि नै छुरा हानिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनीहरु सो अपार्टमेन्टमा बसोबास गरिरहेका व्यक्ति भएको खुलेको छ । उनीहरुमध्ये पाँच स्थानीयलाई छुरा हानी घटनास्थलमै हत्या गरिएको थियो । यसरी मारिनेमा एकजना १३ वर्षीया बालिका पनि रहेकी छिन् ।

त्यसैगरी मारिनेमा दुई जना ७० वर्षका, एकजना ६० वर्षका नागरिक र अर्का एकजना ३० वर्षका रहेका खुलेको पनि समाचारमा जनाइएको छ । उनले सो अपार्टमेन्टमा लगाएको आगो करिब २० मिनेटपछि निभाइएको थियो । ती व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको थियो ।

उनले आफूले गल्ती गरेको स्वीकार गरेका छन् । उनी बेरोजगार व्यक्ति भएकोले उनमा निराशा रहेको देखिएको छ । प्रहरीले उनको स्वास्थ्य रिपोर्ट भेटेको र ती व्यक्तिमा मानसिक रोग रहेको पाइएको पनि अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?

सम्बन्धित

अमेरिकाले इरानमाथि आक्रमण गर्न १२५ वटा जहाज प्रयोग गरेको खुलासा

इरानको रणनीति फेल खायो, इजरायल र अमेरिकाले पनि जित्ने ग्यारेन्टी छैन

ट्रम्पको हवाइ हमलाको जबाफमा इरानी मिसाइलहरू इजरायलमा बर्षिए

हर्मुज जलमार्ग बन्द गर्ने प्रस्ताव इरानको संसदबाट अनुमोदन

दुर्घटनापछि हङकङ विमानस्थलमा चालकविहीन बस सेवा बन्द

इरानका ६ विमानस्थलमा आक्रमण गर्‍यौँ, लडाकु विमान ध्वस्त- इजरायल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com