काठमाडौं,३० बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास निर्माणका लागि राजनीतिभन्दा माथि उठ्नुपर्नेमा जोड दिनुभएको छ । पोखरा महानगरपालिका–१४ देउराली टोलमा निर्माण गरिएको खानेपानी बोरिङ एवं पक्की भवनको आज उद्घाटन गर्दै उहाँले स्वच्छ एवं शुद्ध पानी पिउन पाउने जनताको नैङ्सर्गिक अधिकार भएको बताउनुभयो । ...