ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकास निर्माणमा राजनीतिभन्दा माथि उठ्नु जरुरी – मुख्यमन्त्री गुरुङ


एबीसी न्यूज


काठमाडौं,३० बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास निर्माणका लागि राजनीतिभन्दा माथि उठ्नुपर्नेमा जोड दिनुभएको छ । पोखरा महानगरपालिका–१४ देउराली टोलमा निर्माण गरिएको खानेपानी बोरिङ एवं पक्की भवनको आज उद्घाटन गर्दै उहाँले स्वच्छ एवं शुद्ध पानी पिउन पाउने जनताको नैङ्सर्गिक अधिकार भएको बताउनुभयो ।

प्रदेश सरकारले दुई वर्षभित्र ‘एक घर एक धारा’ पु¥याउने अभियानलाई बोरिङ सञ्चालनले सहयोग पुगेकाले उहाँले सरकारले हालसम्म प्रदेशमा छ हजारभन्दा बढी नयाँ धारा जडान गरिसकेको जानकारी गराउनुभयो । भौतिक योजना तथा पूर्वाधार मन्त्री रामशरण बस्नेतले बोरिङ खानेपानीको शुद्धिकरणका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग गरिने बताउनुभयो ।

सरकारको मुख नताकी जनस्तरबाट बोरिङको सञ्चालन गरेर खानेपानीको व्यवस्था गर्नु महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै उहाँले यस्ता कार्यले समाजलाई सङ्गठित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । वडाको दुर्गा भगवती र देउराली टोलमा छुट्टाछुट्टै दुई खानेपानी बोरिङ र पक्की भवनसहित रु ३२ लाख ७४ हजार १६६ खर्च भएको बोरिङ उपभोक्ता समितिका अध्यक्ष शिवप्रसाद पोखरेलले जानकारी दिनुभयो । खानेपानीको हाहाकार भएपछि विसं २०६२ मा स्थानीयको सक्रियतामा रु १७ लाखको लागतमा बोरिङ गरी पानीको सुविधा पु¥याइँदै आएकाले वस्ती विस्तारकासँगै पानीको माग बढेपछि रु १८ लाख आठ हजारमा नयाँ बोरिङ सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

खानेपानीको पाइप विस्तारका लागि महानगरपालिकाबाट रु २० लाख प्राप्त भएको उक्त दुई बोरिङबाट हालसम्म दुर्गा भगवती, देउराली, नयाँ शिवालय, माथिल्लो शान्ति, तल्लो नयाँ विकास, राधाकृष्ण, खाल्टे, मनकामना, शुभकामना टोलका एक हजार ६७ परिवारलाई खानेपानी सुविधा पुगेको छ । कार्यक्रमा बोरिङ सञ्चालनमा उल्लेखनीय सहयोग गरेवापत वडाध्यक्ष प्रेमबहादुर कार्कीलाई दोसल्ला आढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

आठौं स्थापना दिवसमा आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु, पहिलोपटक सांकेतिक भाषाको प्रयोग

बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या

बर्खा लाग्न थालेपछि हुल्दीवासीलाई ज्यान जोगाउने चिन्ता

ब्युँतिएला गोरखकाली रबर उद्योग ?

धललागिरि अस्पतालमा मेरुदण्डको शल्यक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com