काठमाडौ १६ जेठ । भारतको विदेश मन्त्रालयले यस वर्ष जनवरीदेखि अहिलेसम्म अमेरिकाबाट एक हजार भारतीय नागरिकलाई स्वदेश फिर्ता पठाइएको बताएको छ। बीबीसी हिन्दीका अनुसार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विस्तृत विवरण नदिए पनि यी मध्ये लगभग ६२ प्रतिशत मानिसहरू व्यावसायिक उडानबाट भारत फर्किएको बताए। ...