काठमाठौ २४ जेठ । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले राज्यका नीतिहरुका कारण अनौपचारिक अर्थतन्त्र बलशाली हुँदै गएको बताएका छन्। नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले शनिबार आयोजना गरेको बजेट विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनौपचारिक अर्थतन्त्रका कारण आर्थिक, सामाजिक विकासलाई असन्तुलित बनाइदिएको दाबी गरे। ...