काठमाठौ २४ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार सम्झौताबारे बैठक हुने मिति घोषणा गरेका छन्।
उनले आफ्नो सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार अमेरिका अर्थमन्त्री स्कट बेसेन्ट, वाणिज्यमन्त्री हावर्ड लुटनिक र व्यापार प्रतिनिधि जेमिसन ग्रिरले यही जुन ९, सोमबार लन्डनमा चिनियाँ प्रतिनिधिहरूसँग भेटवार्ता गर्नेछन्।
अमेरिकाले चीनबाट आयात हुने सामानमा लाग्ने कर १४५ प्रतिशतबाट ३० प्रतिशत र चीनले अमेरिकी सामानमा लगाइएको भन्सार महसुस १२५ प्रतिशतबाट १० प्रतिशतमा झार्ने सहमति गरिसकेका छन्।
अहिले त्यही सम्झौता कार्यान्वयका विषयमा दुई देशबीच छलफल हुन लागेको हो। यो बैठक हुने मिति घोषणा हुनुअघि शुक्रबार ट्रम्प र चीनका राष्ट्रपति सी जिनफिङबीच फोनवार्ता भएको थियो।
एक घण्टाजति भएको फोन कुराकानीपछि ट्रम्पले आफूलाई चीन भ्रमणको निम्ता प्राप्त भएको र आफूले पनि सीलाई अमेरिका भ्रमणका लागि निमन्त्रणा गरेको बताएका थिए।








प्रतिक्रिया दिनुहोस्