काठमाडौँ, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरुसँग स्पष्ट बहुमत सदस्यहरु रहेकोले केपी शर्मा ओलीले नेकपा र सूर्य चिह्नमा दाबी गर्न नपाउने बताउनुभएको छ । उहाँले आफूसँग प्रचण्ड बहुमत भएकाले कसैलाई चोइटिएर जान मन छ भने गए हुनेसमेत बताउनुभयो ...