सत्तारुढ नेकपा भित्रको विवाद दिनानुदिन चर्कदो छ । बुधबार सचिवालय बैठक बोलाउने निर्धारण गरिएको भएपनि अघिल्लो सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता भएमात्रै बैठक बस्न सकिने अध्यक्ष ओली पक्षीय नेताहरुले बताएका छन् भने प्रस्ताव कुनै हालतमा फिर्ता नहुने प्रचण्ड निकट नेताहरुको भनाई ...