ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

अब लोकतन्त्र जोगाउन कांग्रेससँग मिलेर संयुक्त आन्दोलन हुन्छ-माधवकुमार नेपाल


एबीसी / संवाददाता

काठमाडौं, ३ माघ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड –नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब लोकतन्त्र जोगाउन नेपाली कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारी भइरहेको बताउनुभयो ।

शनिबार दाङको घोराहीमा प्रेस संगठन दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले लोकतन्त्र रक्षाको लागि लामो समयदेखि संघर्षरत नेपाली कांग्रेस अब फेरि लोकतन्त्र जोगाउने जिम्मेवारीमा अग्रसर हुने आशा व्यक्त गर्नुभयो । उहाँले लोकतन्त्र जोगाउने जिम्मेवारी फेरि पनि कांग्रेस र हाम्रो काँधमा आएको बताउदै ‘त्यसका लागि कांग्रेससँग कुरा भइसकेको छ र अन्य दलसँग पनि संयुक्त आन्दोलनको लागि वार्ताको तयारी भइरहेको उहाँले बताउनुभयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि सकारात्मक माहोल बनेको भन्दै नेकपा अध्यक्ष नेपाललले प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध संयुक्त रुपमा मिलेर आन्दोलन गर्ने वातावरण निर्माण हुन थालेको बताउनुभयो । उहाँले कांग्रेस सभापति देउवासँगको भेटपछि आन्दोलन बारे कांग्रेस सकारात्मक रहेको दाबी समेत गर्नुभयो ।

त्यस्तै उनले नेता बामदेव गौतमले पार्टी एकताका लागि गर्ने भनेको प्रयास सम्भव नरहेको ठोकुवा गर्नुभयो । त्यस्तै अध्यक्ष नेपालले पुष्पकमल दाहाल प्रचण्डलाई इमान्दार र बफादार नेताको संज्ञा समेत दिनुभयो । केपीको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै आन्दोलनबाट त्यो करेक्सन गर्ने दाबी गर्नुभयो । तुलसीपुरमा प्रतिनिधिसभा विघटन विरूद्ध प्रचण्ड– नेपाल समूहको नेकपा दाङले आयोजना गरेको कार्यकर्ता प्रशीक्षण कार्यक्रमलाई सम्वोधन गर्न अध्यक्ष नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य तथा पूर्व सभामुख कृष्णबहादुर महरा, पूर्व मन्त्री तथा स्थायी कमिटी सदस्य वर्षमान पुन, स्थायी कमिटी सदस्य युवराज ज्ञवाली लगायतका नेताहरू शुक्रबार दाङ पुग्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आइतबारदेखि हिउँदे अधिवेशन प्रारम्भ हुँदै

काठमाडौँ, २२  फागुन । सङ्घीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन विघटन र सो प्रक्रिया बदरपछि केही

२४ घण्टामा कोरोनाबाट भारतमा १०९ जनाको मृत्यु , १८ हजार २९२ जनामा संक्रमण,

काठमाडौं, २२ फागुन ।  भारतमा १ करोड ११ लाख ९१ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार २९२

‘फोर्स ल्यान्डिङ’ या ‘क्र्यास ल्यान्डिङ’ नभई मुुलुकलाई अघि बढाउने सम्भावना बोकेको ‘सेफ ल्यान्डिङ’ : प्रधानमन्त्री (फोटोफिचर)

काठमाडौं, २१ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण नयाँ युुगमा प्रवेश गरेको बताउनुुभएको छ । नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको

सम्बन्धित

विश्वभर ९ करोड २२ लाखभन्दा धेरैले जिते कोरोना

आइतबारदेखि हिउँदे अधिवेशन प्रारम्भ हुँदै

२४ घण्टामा कोरोनाबाट भारतमा १०९ जनाको मृत्यु , १८ हजार २९२ जनामा संक्रमण,

‘फोर्स ल्यान्डिङ’ या ‘क्र्यास ल्यान्डिङ’ नभई मुुलुकलाई अघि बढाउने सम्भावना बोकेको ‘सेफ ल्यान्डिङ’ : प्रधानमन्त्री (फोटोफिचर)

नारायणगढ–मुग्लिन सडक एक हप्ता दिउँसो बन्द हुने

अचानक बामदेव निवास किन पुगे प्रधानमन्त्री ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com