काठमाडौं,२५ जेठ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सुनुवाइको लागि गठित संवैधानिक इजलास मंगलबार पनि बस्न सकेन । न्यायाधीश विवादका कारण लामो समयदेखि प्रभावित हुँदै आएको इजलास पूर्व सूचना विना सोमबार पनि स्थगित गरिएको थियो । मंगलबार पनि संवैधानिक इजलास नबस्नुको कारण खुलेको छैन । सोमबार ...