ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनुष आकारको सहिद गेट निर्माण काम अन्तिम चरणमा


एबीसी / संवाददाता

जनकपुर, २२ माघ । जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित अधिकांश योजना निर्धारित समयमै सम्पन्न हुन थालेका छन् ।
जनप्रतिनिधिको निरन्तरको निगरानी र कर्मचारीको सक्रियताका कारण जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित सडक, पुल र सहिद गेटलगायतका भौतिक पूर्वाधार निर्माण योजना समयमै सम्पन्न हुन थालेका हुन् । मुलुकका अधिकांश स्थानीय तहमा सञ्चालित योजना वर्षौसम्म अलपत्र रहेको सूचना आइरहेका बेला जनकपुरधाम नगरपालिकाले नगरक्षेत्रको विभिन्न वडामा सञ्चालित योजना समयमै सम्पन्न हुन थालेपछि स्थानीयवासीले विकास भएको अनुभूतिसमेत गर्न थालेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको योजनामध्ये महत्वपूर्ण योजना मानिएको धनुष आकारको सहिद गेट निर्माण कार्य अन्तिम चरण पुगेको छ । मधेस प्रदेशको जनकपुरधाम प्रवेशद्वार मुजेलियामा निर्माणाधीन सो मधेस सहिद गेटको करिब ९० प्रतिशत काम सम्पन्न भएको उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनीयर वीरेन्द्रकुमार यादवले बताउनुभयो । ढल्केवर–जनकपुर छ लेन सडकको मुजेलियामा निर्माणाधिन मधेस शहीद गेटमा रङ्ग लगाउने, भगवान् राम र सहिदको प्रतिमा स्थापनाको काम बाहेक सम्पूर्ण कार्य सकिएको उहाँले बताउनुभयो । जनकपुरधाम उपमहानगरपालिकाको करिब रु चार करोडको लागतमा निर्माण भइरहेको सहिद गेट केही दिनभित्रै सम्पन्न हुने वरिष्ठ इञ्जिनीयर यादवको भनाइ छ । धार्मिक पर्यटकीय नगरीका रुपमा परिचिति मधेस प्रदेशको राजधानी जनकपुरधाममा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धार्मिक, राजनीतिक र सांस्कृतिक पहिचान झल्किने गरी उपमहानगरपालिकाले धनुष आकारको सहिद गेट निर्माण गर्न लागेको छ । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले कार्यपालिकाको पहिलो बैठकबाट मधेस आन्दोलनका सहिदको सम्मानमा नगरको प्रवेशद्वारमा धनुष आकारको सहिद गेट निर्माण गर्ने निर्णय गर्नुभएको थियो । त्यही निर्णयका आधारमा २०७७ असार २० गते नगरप्रमुख साहले सो सहिद गेटको शिलान्यास गर्नुभएको थियो । जनकपुरधाम उपमहानगरपालिकासँग सम्झौता गरी २०७७ असार २० गतेबाट काम सुरु गरेको निर्माण कम्पनीले २०७८ पुस मसान्तसम्ममा गेट निर्माण गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता भएको थियो । त्यही सम्झौताअनुसार नै काम सम्पन्न गर्ने योजनाअनुरुप कामलाई तीव्रता दिएको निर्माण कम्पनी गौरी पार्वती स्याब जेभीका साइड इञ्जिनियर अमरकुमार साहले जानकारी दिनुभयो ।

ठेक्का अवधिभन्दा अगाडि नै गेटको निर्माण कार्य सम्पन्न गरी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी काम अघि बढाए पनि पनि कोभिड– १९ सङ्क्रमणका कारण केही ढिलाई भएको इन्जिनियर साहले बताउनुभयो । ‘‘गेटको काम करिब करिब सकिएको छ”, उहाँले भन्नुभयो, ‘‘अब गेटको माथिल्लो भागमा १४ फिटको भगवान रामको प्रतिमा र तीनवटा पिलरमाथि शहीदहरुको प्रतिमा राख्न मात्र बाँकी छ ।” त्यो पनि केही दिनभित्रै सम्पन्न गरिने उहाँको भनाइ छ । ३१ फिट अग्लो द्वारको सबैभन्दा माथि धनुष लिएका भगवान् रामको प्रतिमा रहने छ भने तीनवटा पिलरमा सहिदहरुको प्रतिमा र सिंगो द्वार धनुष आकृतिको बनाइएको छ । सो गेटको दुबै किनारामा राखिने मधेस आन्दोलनमा सम्पूर्ण शहीदहरुको प्रतिमाहरु बनाउने काम तीव्र रुपमा भइरहेको र केही दिनभित्रै प्रतिमा स्थापना गरिसक्ने उहाँले बताउनुभयो । जनकपुरधाम प्रबेश गर्ने मूल बाटोमा निर्माण भईरहेको धनुष आकारको गेटले नगरक्षेत्रको सौन्दर्य बढ्नुका साथै पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने नगरप्रमुख साहको विश्वास छ । आफू निर्वाचित भएदेखि नै नगरको मुहार फेर्ने अभियानमा लागेकाले यति छोटो अबधिमै जनताले विकासको अनुभूति गर्न थालेको उहाँको भनाइ छ । ‘‘चार वर्षभित्र उपमहानगरपालिकामा धेरै परिवर्तन भएको छ”, नगरप्रमुख साहले भन्नुभयो, ‘‘४०/५० किलोमीटर सडक बिस्तार, फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, मन्दिरसम्म जाने सहज र फराकिलो बाटो निर्माण, ग्रामिण क्षेत्रका वार्डहरुमा खुला नालामुक्त अभियान चलाएर ८० प्रतिशत क्षेत्रमा अन्डरग्राउण्ड नाला बनाएर पीसीसी ढलान गरेका छौ ।” जनकपुरधामको मूल प्रवेशद्वार जलेश्वर भिठामोड, जटही, कदम चोक, धुनुषा पथ, कुर्था, कपलेश्वर मौआहा, सीता चौक, भ्रमपुरालगायत स्थानबाट प्रवेश गर्ने सडकमा निर्माण ठेकेदारसँगको समन्वयमा ठूलो गाडी सहज प्रवेश गर्न र निस्किन सकिने १६ मीटर चौडाको सडक बिस्तार गरिएको नगरप्रमुख साहको भनाइ छ ।

यी सडक बिस्तारको ठेक्का पाएको निर्माण व्यवसायीले करिब ८० प्रतिशत काम सम्पन्न गरिसकेको उपमहानगरपालिकाले जनाएको छ । केही बर्षअघि सम्म अतिक्रमित र जीर्ण रहेको जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अधिकांश सडक यतिबेला कालोपत्र भएका छन् । जसका कारण पछिल्लो समय जनकपुरधामको बजार क्षेत्रको स्वरुप समेत फेरिएको छ । अतिक्रमण र जीर्ण रहेका नगरक्षेत्रका अधिकांश मुख्य तथा सहायक सडकहरु यतिबेला स्तरोन्नतिसँगै कालोपत्र भएपछि यहाँको स्वरुप फेरिएको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भत्ताबापत आउने रकम शिक्षा र सामाजिक क्षेत्रमा खर्च गर्ने झिमरुक गाउँपालिका अध्यक्षको घोषणा

प्युठान, ६ जेठ । प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पीतबहादुर एमसीले आफूले राज्यबाट पाउने तलब भत्ता नलिने घोषणा गरेका छन् । शुक्रबार गाउँपालिका कार्यालयमा सपथ ग्रहणपछि

दशकौंदेखि नेकपा एमालेको गढ रहेको रुरु क्षेत्रमा पूर्व मुख्यसचिवको सहयोगमा यदुको उदय

गुल्मी, ६ जेठ । दशकौंदेखि नेकपा एमालेको गढको रुपमा परिचत रुरुक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका युवा नेता यदु ज्ञवाली विजयी भएका छन् । ज्ञवाली

कलैया उपमहानगरमा गठबन्धनलाई हराउँदै एमाले विजयी

काठमाडौं, ६ जेठ । नेकपा एमालेले बारास्थित कलैया उपमहानगरपालिकाको मेयर–उपमेयर दुवै पदमा विजय हाँसिल गरेको छ।सत्तारुढ चार दलीय सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेले २०७४ को

सम्बन्धित

गण्डकी प्रदेशका मुुख्यमन्त्रीबाट मटिहानीमा पूजाअर्चना

महाशिवरात्रिमा हेलिकोप्टरबाट पुष्प वृष्टि

महाशिवरात्रि पर्वः भन्टाको भार बेचेरै मनग्गे आम्दानी

सीमानाकामा पनि सङ्क्रमण घट्दै

मधेश प्रदेशसभाको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित

प्रदेशसभाको दुई विषयगत समितिको सभापति पदका लागि मतदान हुँदै, प्राकृतिक स्रोत समितिमा निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com