ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेस प्रदेशसभाबाट चार वर्षमा ४४ विद्येयक पारित


एबीसी / संवाददाता

जनकपुर, २२ माघ । प्रदेशसभा स्थापना भएको चार वर्षमा मधेश प्रदेशसभाले ४४ वटा विधेयक पारित गरेको छ । प्रदेशसभा सचिवालयका अनुसार पारित भएका सबै विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भइरहेको छ । प्रदेशसभा स्थापनाको चार वर्ष बित्नै लाग्दा गत माघ ३ गते मात्र प्रदेशको नाम ‘‘मधेश” र राजधानी ‘‘जनकपुरधाम” टुङ्ग्याउन सफल मधेश प्रदेशसभाले पारित भएका सबै विधेयक कार्यान्वयन गरिसकेको छ । सङ्घीयता संस्थागत गर्नेदेखि प्रदेश सरकार सञ्चालन र सामाजिक रुपान्तरण सम्बन्धी प्रदेश सरकारबाट आएका महत्वपुर्ण विधेयकहरु पारित गर्ने यस प्रदेशले बनाएका कतिपय महत्वपुर्ण ऐन कार्यान्वयनमा चुनौती देखिएको प्रदेशसभा सदस्यहरु बताउनुहुन्छ ।

स्वास्थ्य सेवा, प्रदेश पदक, आर्थिक, प्रदेश प्रहरी सेवा, दलित सशक्तिकरण, प्रदेश निजामती सेवा, प्रदेश आर्थिक, प्रदेश विनियोजन, जनलोकपाललगायतका महत्वपूर्ण ४४ वटा विधेयकहरु प्रदेशसभाबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश आवश्यक सेवा सञ्चालन, प्रदेश बालिका संरक्षण र खोप सेवा सञ्चालन गर्ने विधेयक प्रदेशसभामा छलफल हुन बाँकी छ । प्रदेशसभा अन्तर्गतको विभिन्न समितिमा नौ वटा विधेयक विचाराधिन अवस्थामा रहेको प्रदेशसभा सचिवलायका सचिव यादवले बताउनुभयो । प्रदेश सरकारको विभिन्न मन्त्रालयहरुले तयार गरी विषयगत समितिमा पठाएको प्रदेश जाँचबुझ आयोग गठन, मदर्सा शिक्षा बोर्ड गठन, प्रदेशसभा सञ्चालन सम्बन्धी र प्रादेशिक सवारी तथा यातायात, प्रदेश प्रशासन, संस्था दर्ता सम्बन्धी, प्रदेश प्राविधिक शिक्षा परिषद् स्थापना सम्बन्धी, प्रदेश सहकारी, कर तथा गैरकर राजस्व लगाउने सम्बन्धी विधेयक विचाराधिन अवस्थामा रहेको सचिव यादवको भनाइ छ ।

प्रदेशसभा अन्तर्गतको केही विषयगत समितिमा सभापति चयन हुन नसक्दा प्रदेश सरकारबाट आएका ती महत्वपूर्ण विधेयकहरु लामो समयदेखि विचाराधिन अवस्थामा रहेको प्रदेशसभा सदस्य दिलिप साहले बताउनुभयो । ‘‘प्रदेशसभा अन्तर्गत सात वटा विषयगत समितिहरु छन्”, उहाँले भन्नुभयो,‘‘ ती मध्ये सार्वजनिक लेखा समिति, प्राकृतिक स्रोत तथा वातारण समिति र कृषि तथा भूमि व्यवस्था समितिमा सभापति छैनन् ।” एकातिर प्रदेशसभा अन्तर्गतका ती समितिहरुमा सभापति चयन हुन सकेको छैन् भने अर्कोतिर अन्य विषयगत समितिहरुमा निरन्तर छलफल र बैठक हुनुपर्ने थियो त्यो हुन सकिरहेको छैन् भन्दै प्रदेशसभा सदस्य साहले भन्नुभयो,‘‘ तैपनि प्रदेशसभाले चार वर्षमा विधेयकहरु पारित गरेर कार्यान्वयनमा लगिएको छ, यो एकदमै महत्वपुर्ण उपलब्धी हो ।” प्रदेशसभा अन्तर्गतको रिक्त तीन वटै समितिको सभापति चयन प्रक्रिया प्रदेशसभा सचिवालयले शुरु गरेको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गरी तीन वटै समितिको सभापति पदका लागि उम्मेदवारी दर्ता गराउन माघ २४ गते विहान ११ बजेदेखि बेलुका ५ बजेसम्मको समय निर्धारण गरेको छ । समितिहरुमा सभापति चयन भएपछि विचाराधिन विधेयकहरु अघि बढ्ने प्रदेशसभा सदस्यहरुको विश्वास छ ।

मधेशी जनताको भावना अनुसार प्रदेशसभाले प्रदेशको नाम ‘‘मधेश प्रदेश” कायम गर्न सफल भएकोमा प्रदेशसभा सदस्य रामअशिष यादवले खुशी व्यक्त गर्नुभयो । “हामीले मधेशी जनताको चाहना र सङ्घीयताको भावना अनुसार मधेश प्रदेश राख्न सफल भएका छौं”, प्रदेशसभा सदस्य यादवले भन्नुभयो,‘‘ यो ठूलो र महत्वपुर्ण उपलब्धी हो, यसबाट हामी सबै उत्साहित भएका छौं ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै

चीनमा बनेको पाकिस्तानी जेटले भारतीय लडाकु विमान खसालेपछि विश्वभरि रक्षा उद्योगमा चिन्ता

सम्बन्धित

गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गरौँ: राष्ट्रपति

ट्रम्पले भने- युक्रेनले पुटिनको प्रस्ताव मान्नुपर्छ

गण्डकी त्रिभुज परियोजना कार्यान्वयन नभएकामा वर्षमानको असन्तुष्टि

गौतम बुद्ध अहिंसाको उज्यालो प्रकाश- प्रधानमन्त्री

जेलेन्स्कीले भने: बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु

छत्तीसगढमा २ गाडी ठोकिँदा १३ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com