बागलुङ, २८ जेठ । धवलागिरि अस्पतालले कोरोना सङ्क्रमणसँगै मिर्गौला रोगबाट ग्रसित बिरामीलाई नियमित डायलासिस सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा अहिले चार जना कोरोना सङ्क्रमितले डायलासिस गराइरहेका छन् । जसमध्ये तीन जना होम आइसोलेशनमा छन् भने एक जना अस्पतालमै भर्ना भएर उपचाररत हुनुहुन्छ । ...