काठमाडौं, १७ मंसिर । मधेश प्रदेशको मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला परेका छन्। नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा सहभागी हुन लालबन्दीको पत्थरकोटामा रहेकै समयमा निधन भएको छ।‘राति होलिडे रिसोर्ट’मा खाना खाएर सुतेका भट्टराईलाई आज बिहान खोजी हुँदा मृत्यु भएको अवस्थामा भेटिएका हुन्। ...