धनगढी, २० असोज । धनगढीको कवर्ड हल मैदानमा आ–आफ्नो व्यक्तिगत सुरक्षाका लागि आज बिहानै तालीम लिन ठूलो सङ्ख्यामा महिला र किशोरी आएका थिए । राष्ट्रिय गोजोरियो कराँते दो सङ्घको पहलमा महिला र किशोरीलाई आत्मरक्षा सम्बन्धी शिविरको कार्यक्रम राखिएपछि कवर्ड हल मैदानमा किशोरी र महिला ओइरिएका हुन् ...