ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आत्मरक्षाका लागि जुट्दै महिला


admin

धनगढी, २० असोज । धनगढीको कवर्ड हल मैदानमा आ–आफ्नो व्यक्तिगत सुरक्षाका लागि आज बिहानै तालीम लिन ठूलो सङ्ख्यामा महिला र किशोरी आएका थिए ।

राष्ट्रिय गोजोरियो कराँते दो सङ्घको पहलमा महिला र किशोरीलाई आत्मरक्षा सम्बन्धी शिविरको कार्यक्रम राखिएपछि कवर्ड हल मैदानमा किशोरी र महिला ओइरिएका हुन् ।

‘रातो टि सट‘को पहिरनमा किशोरी र महिला जमघट भएको दृष्य हेर्नलायक देखिन्थ्यो । विभिन्न विद्यालयमा पढ्ने किशोरीका साथै गृहणी महिला स्वस्फूर्त रुपमा मैदानमा जमघट भएका थिए ।

पहिलो पटक गरिएको नयाँ खालको यो अभियानप्रति सबैको उत्सुकता र चासो पनि बढेको देखिन्थ्यो । महिलाको आत्मसुरक्षाका लागि आयोजित यो शिविर नौलो अभ्यास भएकाले पनि सबैको उत्सुकता बढेको हो ।

प्रतिकार गरेपछि महिला स्वयम्ले आफ्नो रक्षा गर्न सक्छन्, भन्ने सोचले शिविर गर्न लागिएकोले आफू यो शिविरमा सहभागी हुन आएको प्रतिक्रिया गोमा आचार्यले दिनुभयो ।

स्थानीयवासी सर्वमङ्गला महिला छात्रावासकी सञ्चालिकासमेत रहनुभएकी आचार्यले भन्नुभयो, ‘‘महिलाले चर्को त बोल्नुु हुन्न भन्ने हाम्रो समाजमा किशोरी र महिलाले आफूसँग भएको तागत प्रयोग गर्ने अभ्यास नै नपाएको अवस्थामा गरिएको यो अभियानले महिलालाई शारीरिक रुपमा सशक्त बनाउन मद्दत पुग्ने छ ।‘”

शिविरमा सहभागी हुनेमध्ये उत्कृष्ट हुने एकसय जनालाई छनोट गरी प्रशिक्षक बनाउने योजना आयोजकको छ । एक हप्तासम्म सञ्चालन हुने शिविरमा किशोरी र महिला गरी झण्डै एक हजार महिला छन् । धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्ट यो अभियानवाट किशोरी र महिला ‘किक हान्न’ सक्षम भई स्वयं आफ्नो र समाजको सुरक्षाका लागि सक्षम हुने बताउनुहुन्छ ।

महिला मानवअधिकार रक्षक सञ्जाल धनगढीकी वसन्ती चौधरीले भन्नुभयो,‘‘कसैबाट महिलामाथि नराम्रो दुव्र्यवहार भएमा उसले कसरी सुरक्षित हुने भन्ने शारीरिक सीप यो तालीममा सिकाइने छ ।”

महिला हिंसामा परी हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त लगायतको सम्झनामा मौन धारण गरेर कार्यक्रमको औँपचारिक उद्घाटन शुरु भएको थियो । प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शिविरको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले महिलाको स्वाभिमान बचाउने र आत्मरक्षाका लागि गरिने अभियानमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले समाजमा जनजागरण फैलाउन यस्ता अभियानले सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेले भदौदेखि कार्यकर्ताका लागि ‘स्कुल’ चलाउने

काठमाडौं, २४ साउन । नेकपा एमालेको केन्द्रीय स्कुल विभागले भदौदेखि कार्यकर्ताका लागि नियमित रूपमा स्कुल चलाउने भएको छ। विभागको बैठकले कार्ययोजना पारित गर्दै भदौदेखि नियमित

काज सरुवा निकालेको एक साता नबित्दै एकैपटक नेपाल प्रहरीका १३१ डीएसपीको सरुवा

काठमाडौँ, २४ साउन । प्रहरी प्रधान कार्यालयले मंगलबार १३१ नायब उपरिक्षक (डीएसपी) को सरुवा गरेको छ । कार्यालयले १० जिल्ला र केही वृत्तहरुको इन्चार्ज फेरिने

नर्भिकलाई दिएको २४ घण्टे अल्टिमेटमबाट पछि हट्यो महानगर, अध्ययन गर्न समिति बनाउने सहमति

काठमाडौँ, २४ साउन । नर्भिक अस्पतालले सरकारी जग्गामा अवैध संरचना बनाएको विषयमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिकसहितको अध्ययन समिति गठन गर्ने सहमति भएको

सम्बन्धित

भारतसँगको दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डिज ५ विकेटले विजयी

साफ यू–२० च्याम्पियनसिप : भारतसँग नेपालको लज्जासपद हार

लिभरपुलले जित्यो कम्युनिटी शिल्डको उपाधि

साफ यु २०ः नेपालको सुखद् सुरुवात, माल्दिभ्स ४–० ले पराजित

नेपाली रेफ्रीद्वय लक्ष्मी र मेरिना फुटबल खेलाउन डेनमार्क जाने

विश्व कप क्रिकेट लिग–२ मा नेपाल नामिबियासँग ६३ रनले पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...