ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

वर्षाैंदेखि भाडाको घरमा स्वास्थ्य केन्द्र सेवा


admin

बाँके, २० असोज । बाँकेको नरैनापुर गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरको निर्माणाधीन भवन सात वर्षदेखि अलपत्र परेको छ । निर्माणाधीन भवन पूरा नहुँदा २५ वर्षदेखि स्वास्थ्य केन्द्रले भाडाका घरबाट सेवा प्रवाह गरिरहेको छ ।

सदरमुकाम नेपालगञ्जदेखि ४० किलोमिटर पूर्व दक्षिणमा रहेको यो स्वास्थ्य संस्था आफ्नै भवन नहुँदा विसं २०५० देखि भाडाकै घरमा सञ्चालन भइरहेको छ । पन्ध्र शय्या केन्द्रको तीनतले भवन बनाउने ठेक्का लिएको निर्माण कम्पनीको लापरबाही र सरकारी उदासिनताले उक्त भवन अलपत्र परेको हो ।

निर्माण शुरू गरेको १८ महिनामा पूरा गर्ने सम्झौता भएको सो भवन अहिलेसम्म पनि निर्माण पूरा हुनसकेको छैन । रु तीन करोड ४० लाख लागतमा निर्माण शुरू गरिएको उक्त स्वास्थ्य केन्द्र भवनमा निर्माण कम्पनीले “काम गरे जस्तो पनि छ, नगरे जस्तो पनि छ । छत ढलान भइसकेको छ, अब अन्य काम गर्न मात्र बाँकी छ ।” भवनको अभावमा सेवा प्रवाहमा समस्या भइरहेको छ ।

भवन निर्माण अलपत्र परेसँगै यहाँका स्वास्थ्य संस्थामा एमबीबीएस गरेका डाक्टरको दरबन्दी भए पनि कोही पनि तीन महीनाभन्दा लामो समय बस्न नसकेको स्थानीयवासी बताउँछन् । अहिले भने केही महीनादेखि डाक्टर नियमित रूपमा केन्द्रमा आउन थालेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक मोइन खाँले बताउनुभयो । यहाँ दैनिक ७०-८० बिरामी उपचारका लागि आउने गरेका छन् ।

स्वास्थ्य संस्थाको भवन नभएका कारण डाक्टरलाई बस्ने व्यवस्था नरैनापुर गाउँपालिकाले गर्दै आएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह बताउनुहुन्छ । “डाक्टरको दरबन्दी त छ तर, एक दिन गाउँ बसे १० दिन नेपालगञ्ज बस्छन् । कोही पनि नियमित बस्न मान्दैनन्”, उहाँले भन्नुभयो, “भरपर्दो स्वास्थ्य उपचार अभावमा यहाँका बासिन्दा भारततर्फ जाने गरेका छन् ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटारको बालुवामा तेल छैन जति पेले पनि तेल निस्किने अवस्था छैन – नेता नेपाल

काठमाडौं, १० वैशाख । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी एकता जोगाउन कठिन भएको बताउनुभयो । जनकपुरधामस्थित

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरू

काठमाडौं, १० वैशाख । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण पत्रबारे

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज, १० वैशाख । बाँकेमा एक २८ वर्षिय युवकसहित थप तीन जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुर अस्पतालको कोभिड

सम्बन्धित

कोरोना कहर

ओलीसँग डिनर मिटिङपछि वामदेवले दिए यस्तो प्रतिक्रिया

छिमेकीले चलाएको गोली लागेर मृत्यु

ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि

मुस्ताङ र घुन्सामा हिमपात

 पाँच पुल निर्माण हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com