बेझाड, २१ माघ । शैक्षिक पर्यटनको विकास गर्न सीताराम माध्यमिक विद्यालय रामपुर नगरपालिका–४ मा ‘सीताराम मिनी सङ्ग्रहालय’ सञ्चालनमा आएको छ । गाउँघरमा चलनचल्तीमा आएका पुराना सामानलाई सदुपयोग गर्दै मिनी सङ्ग्रहालय सञ्चालन गरिएको हो । सो सङ्ग्रहालयले अहिले विद्यालयको शैक्षिक पर्यटन विकासमा ठूलो भूमिका खेलेको छ । ...