ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शैक्षिक पर्यटनका लागि ‘सीताराम मिनी सङ्ग्रहालय’


admin

बेझाड, २१ माघ । शैक्षिक पर्यटनको विकास गर्न सीताराम माध्यमिक विद्यालय रामपुर नगरपालिका–४ मा ‘सीताराम मिनी सङ्ग्रहालय’ सञ्चालनमा आएको छ । 

गाउँघरमा चलनचल्तीमा आएका पुराना सामानलाई सदुपयोग गर्दै मिनी सङ्ग्रहालय सञ्चालन गरिएको हो । सो सङ्ग्रहालयले अहिले विद्यालयको शैक्षिक पर्यटन विकासमा ठूलो भूमिका खेलेको छ । पुराना सामान दैनिक चलनचल्तीमा आएका ठेकी, माना, पाथी, तरबार, भोटेताल्चा, स्याँखु, मदुसलगायतका काठ र माटोबाट बनेका सामान सङ्ग्रहालयमा राखिएको छ । यी सामान अहिले गाउँघरबाटै लोप भएर गइसकेको छ । 

सङ्ग्रहालयमा पुराना नेपाली तथा विदेशी मुलुकका सिक्का र शिलालेख गरी करीब ४०० जति सामग्री राखिएको छ । सङ्ग्रहालयमा रहेका यी सामग्रीले शिक्षणकार्यमा ठूलो सघाउ पुगेको छ ।

शैक्षिक पर्यटनको विकास गरी यस विद्यालयलाई शैक्षिक पर्यटन हब बनाउनका लागि सङ्ग्रहालय सञ्चालनमा ल्याइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर पोखरेलले बताउनुभयो । 

मिनी सङ्ग्रहालयको अवलोकनका निम्ति विभिन्न ठाउँका विद्यालयबाट शैक्षिक अवलोकन भ्रमणमा आउने गरेको प्रधानाध्यापक विश्वनाथ भट्टराईले बताउनुभयो । “प्रयोगात्मक शिक्षणका लागि सजिलो भएको छ”, उहाँले भन्नुभयो । पाठको विषयवस्तुअनुसार विद्यार्थीलाई सङ्ग्रहालयमै लगेर प्रत्यक्ष अवलोकन गराई शिक्षणकार्य गरिँदै आएको भट्टराईले बताउनुभयो । यसले पनि शिक्षणकार्यमा थप ऊर्जा प्रदान गरेको छ । 

रामपुर नगरपालिका–४ सदावर्तका समाजसेवी विष्णु आचार्यले २०६५ सालमा विद्यालयमा सङ्ग्रहालय निर्माणको अवधारणा ल्याउनुभएको हो । उहाँको अवधारणालाई विद्यालय परिवार, सामाजिक व्यक्ति, यहाँका सरोकारवाला निकायको साथ र सहयोगमा मिनी सङ्ग्रहालय निर्माण गरिएको विद्यालयका संरक्षक लुकबहादुर बीरकट्टाले बताउनुभयो ।

शिक्षक कर्मचारी, व्यवस्थापन समिति, विद्यार्थी, अभिभावकलगायत विभिन्न व्यक्तिको सहयोगमा गाउँघरमा लोपोन्मुख अवस्थामा रहेका सामान सङ्ग्रहालयमा सजाएर राखिएको छ । एउटा विद्यालयको मात्र नभई रामपुर नगरकै शैक्षिक विकासमा यस सङ्ग्रहालयले महत्वपूर्ण भूमिका खेल्ने रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत रमाकान्त अर्यालले बताउनुभयो । उहाँले यस सङ्ग्रहालयलाई विस्तार गर्न शिक्षा शाखाबाट पहल गर्ने बताउनुभयो । 

शिक्षकलाई कम्प्युटर तालीम 

पाल्पाको रम्भा गाउँपालिकाकाले सामुदायिक विद्यालयका शिक्षकका लागि आधारभूत कम्प्युटर तालीम सञ्चालन गरेको छ । आइतबारदेखि शुरु भएको सो तालीममा कम्प्युटर हार्डवेयर तथा सफ्टवेयरसम्बन्धी आधारभूत सीप सिकाइने छ । 

तालीममा हुँगी, फोक्सिङकोट तथा पिपलडाँडाका २६ शिक्षक तथा प्रधानाध्यापक सहभागी छन् । गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुरज पाठक र स्रोतव्यक्ति विश्वराज ज्ञवालीले सहजीकरण गर्नुभएको छ । तीन दिनसम्म चल्ने तालीममा माइक्रोसफ्टवर्ड, पावरप्वान्ट, एक्सेल, प्रिजेन्टेशन, डकुमेन्ट प्रिन्ट, स्क्यानिङ, कम्प्युटर फरम्याटलगायतका विषयबारे सिकाइनेछ । 

समयसापेक्ष ज्ञान प्रदान गरी प्रविधिमूलक शिक्षा प्रदान गर्न तालीमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । यसअघि गाउँपालिकाले ताहुँ र हुमिनका शिक्षकलाई तालीम प्रदान गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौ सतुङ्गलको व्यापारिक कम्प्लेक्समा आगलागी

सम्बन्धित

पानीजहाज विधेयकमा छलफल गर्दै संसदीय समिति, ‘तोकिए बमोजिम’ शब्दले हैरान

अमेरिकाको व्यापार नीतिका कारण जर्मनीको अर्थतन्त्रमा गिरावट

एमआरपी लागू गर्न सहज नभएको व्यापारीहरुको भनाइ

चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति उपाध्यक्ष काठमाडौंमा

मणिपुरमा मुठभेड हुँदा १० उग्रवादी मारिएको भारतीय सेनाको दाबी

आज रुस र युक्रेनबीच टर्कीमा वार्ता हुने तर पुटिन सहभागी नहुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com