ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शैक्षिक पर्यटनका लागि ‘सीताराम मिनी सङ्ग्रहालय’


admin
माघ २१, २०७५ सोमबार  ११ : ०८ बजे

बेझाड, २१ माघ । शैक्षिक पर्यटनको विकास गर्न सीताराम माध्यमिक विद्यालय रामपुर नगरपालिका–४ मा ‘सीताराम मिनी सङ्ग्रहालय’ सञ्चालनमा आएको छ । 

गाउँघरमा चलनचल्तीमा आएका पुराना सामानलाई सदुपयोग गर्दै मिनी सङ्ग्रहालय सञ्चालन गरिएको हो । सो सङ्ग्रहालयले अहिले विद्यालयको शैक्षिक पर्यटन विकासमा ठूलो भूमिका खेलेको छ । पुराना सामान दैनिक चलनचल्तीमा आएका ठेकी, माना, पाथी, तरबार, भोटेताल्चा, स्याँखु, मदुसलगायतका काठ र माटोबाट बनेका सामान सङ्ग्रहालयमा राखिएको छ । यी सामान अहिले गाउँघरबाटै लोप भएर गइसकेको छ । 

सङ्ग्रहालयमा पुराना नेपाली तथा विदेशी मुलुकका सिक्का र शिलालेख गरी करीब ४०० जति सामग्री राखिएको छ । सङ्ग्रहालयमा रहेका यी सामग्रीले शिक्षणकार्यमा ठूलो सघाउ पुगेको छ ।

शैक्षिक पर्यटनको विकास गरी यस विद्यालयलाई शैक्षिक पर्यटन हब बनाउनका लागि सङ्ग्रहालय सञ्चालनमा ल्याइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर पोखरेलले बताउनुभयो । 

मिनी सङ्ग्रहालयको अवलोकनका निम्ति विभिन्न ठाउँका विद्यालयबाट शैक्षिक अवलोकन भ्रमणमा आउने गरेको प्रधानाध्यापक विश्वनाथ भट्टराईले बताउनुभयो । “प्रयोगात्मक शिक्षणका लागि सजिलो भएको छ”, उहाँले भन्नुभयो । पाठको विषयवस्तुअनुसार विद्यार्थीलाई सङ्ग्रहालयमै लगेर प्रत्यक्ष अवलोकन गराई शिक्षणकार्य गरिँदै आएको भट्टराईले बताउनुभयो । यसले पनि शिक्षणकार्यमा थप ऊर्जा प्रदान गरेको छ । 

रामपुर नगरपालिका–४ सदावर्तका समाजसेवी विष्णु आचार्यले २०६५ सालमा विद्यालयमा सङ्ग्रहालय निर्माणको अवधारणा ल्याउनुभएको हो । उहाँको अवधारणालाई विद्यालय परिवार, सामाजिक व्यक्ति, यहाँका सरोकारवाला निकायको साथ र सहयोगमा मिनी सङ्ग्रहालय निर्माण गरिएको विद्यालयका संरक्षक लुकबहादुर बीरकट्टाले बताउनुभयो ।

शिक्षक कर्मचारी, व्यवस्थापन समिति, विद्यार्थी, अभिभावकलगायत विभिन्न व्यक्तिको सहयोगमा गाउँघरमा लोपोन्मुख अवस्थामा रहेका सामान सङ्ग्रहालयमा सजाएर राखिएको छ । एउटा विद्यालयको मात्र नभई रामपुर नगरकै शैक्षिक विकासमा यस सङ्ग्रहालयले महत्वपूर्ण भूमिका खेल्ने रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत रमाकान्त अर्यालले बताउनुभयो । उहाँले यस सङ्ग्रहालयलाई विस्तार गर्न शिक्षा शाखाबाट पहल गर्ने बताउनुभयो । 

शिक्षकलाई कम्प्युटर तालीम 

पाल्पाको रम्भा गाउँपालिकाकाले सामुदायिक विद्यालयका शिक्षकका लागि आधारभूत कम्प्युटर तालीम सञ्चालन गरेको छ । आइतबारदेखि शुरु भएको सो तालीममा कम्प्युटर हार्डवेयर तथा सफ्टवेयरसम्बन्धी आधारभूत सीप सिकाइने छ । 

तालीममा हुँगी, फोक्सिङकोट तथा पिपलडाँडाका २६ शिक्षक तथा प्रधानाध्यापक सहभागी छन् । गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुरज पाठक र स्रोतव्यक्ति विश्वराज ज्ञवालीले सहजीकरण गर्नुभएको छ । तीन दिनसम्म चल्ने तालीममा माइक्रोसफ्टवर्ड, पावरप्वान्ट, एक्सेल, प्रिजेन्टेशन, डकुमेन्ट प्रिन्ट, स्क्यानिङ, कम्प्युटर फरम्याटलगायतका विषयबारे सिकाइनेछ । 

समयसापेक्ष ज्ञान प्रदान गरी प्रविधिमूलक शिक्षा प्रदान गर्न तालीमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । यसअघि गाउँपालिकाले ताहुँ र हुमिनका शिक्षकलाई तालीम प्रदान गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

रास्वपा धनगढीका संस्थापक सभापति बिष्टद्वारा पार्टी परित्याग

कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गयो एक जना घाइते

सहकारी काण्डमा चुनावी ध्रुवीकरण:रास्वपा ‘मिलापत्र’ र फिर्तामा जोड, कांग्रेस–एमाले कारबाही र कडा नियमनको पक्षमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com