ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार, आज स्वदेश फर्कदै


एबीसी न्यूज

काठमाडौं, भदौं २० । दुई साता लामो स्वास्थ्य उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रवार स्वदेश फर्कदै हुनुहुन्छ । थाई एअरको नियमित उडानबाट आज मध्यान्न सवा १२ बजे प्रधानमन्त्री ओली स्वदेश फर्कन लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीसँगै उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सिंगापुर जानुभएका नेकपाका प्रस्तावित उपाध्यक्ष बामदेव गौतम र महासचिव बिष्णु पौडेल पनि स्वदेश फर्कनुहुनेछ ।

उहाँको उपचार प्लाज्मा फेरेसिर बिधिबाट सात पटक गरिएको छ । उपचार सकिएसँगै प्रधानमन्त्री ओली आज स्वदेश फर्कन लाग्नुभएको हो । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले दिनुभएको जानकारी अनुसार थाइ एअरको नियमित उडानबाट प्रधानमन्त्री ओली मध्यान्न भित्रुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गर्नुहुनेछ । उहाँ सिंगापुरबाट आज बिहानै स्वदेश प्रस्थान गरिसक्नुभएको छ ।

‘सम्माननीय प्रधानमन्त्रीज्यू आज थाइ एअरको उडानबाट स्वदेश फर्कनु हुनेछ,’ प्रमुख स्वकीय सचिव भण्डारीले भन्नुभयो । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको सरीरमा एन्टिबडी बढेपछि नष्ट गर्नको स्वास्थ्य अवस्था राम्रो भएको छ ।

मृगौलाको समस्याका कारण ‘एन्डीबडी’ को मात्रा बढेपछि प्रधानमन्त्री ओलीको भदौ ६ गतेबाट सिंगापुरस्थित नेशनल अस्पतालमा उपचार गरिएको हो । प्रधानमन्त्री ओलीले साउन १८ गते सिंगापुर प्रस्थान गरी सिंगापुरको सोही हस्पिटलमा मृगौलाको परीक्षण गराई साउन २७ गते स्वदेश फर्कनुभएको थियो ।

गत भदौ ५ गते उपचारको लागि सिंगापुर जानुभएका प्रधानमन्त्री ओलीको ६ गतेदेखि प्लाज्मा फेरेसिस बिधिबाट उपचार सुरु भएको थियो । यो मिर्गौलाको एन्टिबडी हटाउने विधि हो । प्लाज्मा फेरेसिस सात चरणसम्म गरिन्छ । बुधबार सातौँ चरण पूरा भएसँगै उपचार सकिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com