ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताको अभूतपूर्व सदभाव र साथले नेपाली टेलिभिजन आकाशमा भिन्नै स्वाद दिन एबीसी न्यूज सफल


एबीसी न्यूज
भाद्र १९, २०७६ बिहीबार  ६ : ३७ बजे

काठमाडौं, १९ भदौ ।  गणतन्त्र नेपालको पहिलो न्यूज च्यानल एबीसी न्यूज टेलिभिजन आजबाट ११औं वर्ष पुरा गरि १२ वर्षमा प्रवेश गरेको छ । आज भन्दा ठीक ११ वर्ष अघि गाउ“, शहर र दुनिया“ ब्यूझाउने अभियानका साथ भूउपग्रह प्रणाली मार्फत् एबीसी टेलिभिजनले प्रशारण सुरुआत गरेको हो । एक्युरेसी, व्यालेन्स, क्रेडिविलिटी भन्ने समाचारको मूल मन्त्रलाई आत्मसाथ गर्दै एबीसी टेलिभिजनले २४ सै घण्टा समाचार र समाचारमूलक कार्यक्रमहरु प्रशारण निरन्तर गर्दै आएको छ ।

मिनेट, घण्टा, दिन, महिना र वर्षको हिसाब गिन्ती गर्न हो भने, एबीसीले ११ वर्षे घुम्ति पार गरेको छ । यतिबेला ११ औ वर्षको कठिन घुम्ति पार गरि १२ वर्षको घुम्तीमा प्रवेश गरेको छ । यद्यपी ११ वर्ष छोटो समय होइन, तर निरन्तर जनताको साथ र जनताकै आवाजमा कर्म गर्दा हामीलाई ११ वर्षको अवधि निकै छोटो लागेको छ ।

जब पुरानो कामलाई मात्रै जस दिएर वर्तमानमा चल्ने प्रयास गरिन्छ तब, छोटै समय पनि लामो लाग्न सक्छ । तर, हामी हिजो होइन, स“धैभर आज भनेर काम गर्दै आएका छौं । सधै आज भनेर सक्रिय रहनु नै हामीलाई ११ वर्षको यात्रामा सजिलोे र उत्साही कडी बनेको छ, कारण, जनताको न्यानो माया र रचनात्मक साथ र सहयोग नै हो । जनताको अभूतपूर्व सदभाव र साथले नेपाली टेलिभिजन आकाशमा भिन्नै स्वाद दिन एबीसी सफल भएको हो । ११ वर्षको संघर्षमय दौरानमा गहिरो गरी छाप छोड्न सफल भएको हो ।

मुलुकमा नयां राजनीतिक कोर्षको शुभारम्भ हुदै गर्दा नेपालको टेलिभिजन जगतमा नयां स्वाद दिन हामी दर्शक माझ उपस्थित भएका थियौं । परिवर्तनको चेतनालाई स्थिर राजनीतिको माध्यमबाट समृद्ध मुलुक निर्माण गर्न नयां अभिभारा बोकेर नेपाली टेलिभिजन आकाशमा फरक धारमा हिड्दै आयौ, लाखौ दर्शकको असिम माया साथ र सहयोगबाट ।

संविधानसभाको पहिलो निर्वाचन लगत्तै दर्शकमाझ उपस्थित भएका हामी जहिल्यै फरक धारमा दौडियौं । अर्को हिसाबले भन्ने हो नयां गणतान्त्रिक चेतनमा देशलाई अघि बढाउनु पर्दछ भन्ने थिममा हामी हिंड्न रुचायौं । राष्ट्र र जनताको परिवर्तनका लागि नेताका बोली टिपेर घन्काउने होइन, राष्ट्रहित र जनहितका एजेण्डा उठाउन सक्नुपर्छ भन्ने सूत्र समातेको थियो एबीसीले । हो, राजनीतिक एजेण्डामा हामी जहिल्यै अग्रपंक्तिमा नै रह्यौं । यसो भनिरंहदा हामीले गर्व महसुस गरिरहेका छौं ।

जनप्रतिनिधिमूलक संस्था संविधानसभाबाट नयां संविधान जारी भई संघीय नेपालको तीनै तहको निर्वाचन भैसकेको छ । संघीय निर्वाचनपछि मुलुक नयां परिस्थितिमा पुगेको छ । तीनै तहका निर्वाचन सफल बनाउन एबीसी देशभर जनताको आगनमा पुग्यो, सिंहदरबारलाई घच्घचायो । तीनै तहका निर्वाचनपछि मुलुक संघात्मक व्यवस्थाको कार्यान्वचन चरणमा छ । संघीय निर्वाचनपछि मुलुकको राजनीतिक कोर्स कम्पिलिट भएको छ । संविधानमा लेखिएका परिवर्तनका शब्दको कार्यान्वयन हुदैछ ।

स्थिर राजनीतिका कारण शासनमा कुशासन र भ्रष्ट्राचार मौलाएको थियो, सुशासनलाई प्रत्याभूत गर्दै समृद्ध नेपाल सुखी नेपालीको नाराका साथ राज्यले बेथिति अराजकता कुशासन र भ्रष्टचारलाई नियन्त्रण गर्न सरकार क्रियाशिल छ, परिवर्तीत अवस्थामा जनताको भावनालाई सम्बोधन गर्न र मुलुकमा सुशासन सहित समृद्ध लोकतन्त्रको लागि एबीसीले खबरदारी गर्दै आएको छ ।

भीर, कन्दरामा चिप्लि“दै एबीसीको बुम बोकेर हाम्रा रिपोर्टर लिपुलेकसम्म पुगेका छन् । भारत र चीनको सुलहमो खोसिएको नेपाल भूमि लिपुलेकको हालत जस्ताको तस्तै देखाउने एबीसी नै पहिलो टेलिभिजन बन्यो । भारतीय नाकाबन्दीमा पनि हामी केबल समाचारमा समेटिएनौं, कुटनीतिक आवाज बलियो पार्ने र जनस्तरको विरोधलाई साथ लि“दै प्रतिरोधमा राष्ट्रिय स्वाभिमानको पक्षमा दृढतापूर्वक उत्रियौं । त्यो अभियान आजपर्यन्त जारी छ र संधैभर जारी रहनेछ ।

जनजीविकाका सवालमा एबीसीको लोगो कहिल्यै अ“ध्यारोमा हराएन । हुम्ला, जुम्ला डोल्पाको खाद्य संकटदेखि, राज्यको राहतमा आएका चामलले लोकल ठर्रा बनाइएका दृश्य एबीसीले नै देखायो । धादिङदेखि जुम्लाका नागरिक गडगडाइरहेको नदीमाथि तुइनमा झुण्डिएर जीवन धान्नु परेको व्यथा पनि सुनायौं हामीले ।सायदै त्यही भएर तुइन विस्थापित गर्ने नीति सम्म बन्न सफल भयो । भूकम्पले ध्वंश गरेको अस्वभाविक अवस्थामा हामी आफ्नै पीडाका घाउ दबाएर निरन्तर प्रसारण गर्न सफल भयौं । समाचार संकलनको पाटोस“गै पीडितलाई उद्धार र राहत सुविधामा एबीसीले अभियान चलायो । राहत सामाग्री बटुलेर पीडामा सहयोग गर्यो ।

काठमाडौं र पहाडको भुकम्पमात्रै होइन, तराइको विनाशकारी बाढीको पीडामा सबैभन्दा पहिले ग्राउन्ड जिरोबाट एबीसीले रिपोर्टिङ ग¥यो । एबीसी जनताको टेलिभिजन हो । त्यसैले जनताको आ“शुमा रमाउने भ्रष्टाचारी र अपराधीको कठालो समात्ने सवालमा दुईपटक कहिल्यै सोचेनौं । एबीसीको क्यामेराका लागि खराबहरु एकै नजरमा खराब हुन् । जनतासामु तिनलाई उदाङ्गो पार्दै आएकै छौं । अब त त्यही नै मुख्य समाचारको एजेण्डा बन्न पुगेको छ ।

सत्य, तथ्य र विश्वसनीय काममा कहिल्यै नचुक्ने प्रतिवद्धता व्यक्त गरेका हामी, प्रविधिको प्रयोगस“गै बढीभन्दा बढी दर्शकको पहु“चमा जाने प्रयास पनि जहिल्यै गरिरह्यौं । देशभरबाट बृहद् राजनीतिक अन्तरक्रिया गरेर केन्द्रिय स्टुडियोबाट लाइभकास्ट गर्यौं । ६० वटा जिल्लाबाट प्रत्यक्ष प्रशारण गर्न सफल भएको उदाहरण हामीसंग छ । हामीले प्रशारणको दोस्रो वर्षबाटै अमेरिका ब्यूरो स्थापना गर्यौं । केही वर्षदेखि चीनको सिचुवान प्रान्तबाट छेन्दु रेडियो एण्ड टेलिभिजन नेटवर्क (सिडिआर टिभी)स“ग दीर्घकालीन सहकार्य सुरु गर्यौं । यसले हाम्रा दर्शकको रुचिमा विविधता थपेको छ, भने हाम्रो काम गराईमा थप जिम्मेवारी बढाएको छ । सुरु गरेका कामको निरन्तरता र नविन कामको सुरुवात एबीसी मिसन हो । सत्य, तथ्य र विश्वसनीयतामा हामी कहिल्यै चुक्दैनौं र नया“ प्रयोगमा कहिल्यै पछि हट्दैनौं ।

यसर्थ अन्तमा लामो राजनीतिक संघर्षपछि संघीय नेपाल आर्थिक विकासको यात्रामा छ । लामो राजनीतिक अस्थिरतापछि उज्यालो घाम लागेको छ ।

वर्षाैदेखिको विकृति विसंगतिले थिलो थिलो बनेको मुलुक सङलिन अझै समय लाग्छ नै, तर मुलतः आम जनताले विश्वास र भरोसा गरेर अथाह जनमत प्राप्त शक्तिशाली कम्युनिष्ट सरकार छ । सरकारले विकास र समृद्धिको मार्गचित्र त पेश गरेको छ, तर जुन मार्गचित्र अनुसार अघि बढ्न खोजिएको छ, त्यसको अगाडि भ्रष्ट र विकृत शक्ति छ । त्यो शक्तिसंगको सामना गरेर जनताप्रति उत्तरदायी हुनुको विकल्प छैन, राजनीतिक नेतृत्वसंग । यसर्थ कुशासन र भ्रष्टाचारको अन्तको लागि नेतृत्व इमान्दार बनि समृद्ध मुलुक बनाउन युद्धस्तरमा लाग्नैपर्छ । सुशासन र समृद्धिको पक्षमा एबीसी सधै रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com