ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्ध नेपाल सुखि नेपालीको नारा सफल बनाउन कलाक्षेत्रलाई समेत संगसगै हिडाउनुपर्छ – कलाकार (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, १९ भदौ ।  नेपाली कला क्षेत्र सरकारबाट उपेक्षित हुँदै आएको छ । भन्नलाई चाहिँ सार्वजनिक कार्यक्रमहरुमा कलाकार राष्ट्रको गहना हो भन्ने गर्छन् तर कलाकारलाई मात्र गहना सम्झने गरिदै आएको छ ।

जसले गर्दा राज्यबाट कलाकार तथा कलाक्षेत्र हेपिदै आएको आम कलाकर्मीहरुले महसुश गर्दै आएको पाइन्छ । कलाक्ष्ँेत्रले राष्ट्रको पहिचान र गरिमा बढाउन उल्लेख्य योगदान पुयाउँदै आएको तीतो यथार्थ कसैबाट लुकेको छैन तर पनि किन कलाक्षेत्र उपेक्षित रु देशका ठूला ठूला परिवर्तनमा समेत कलाकर्मीको साथ र सहयोग महत्वपूर्ण रहेको पाइन्छ ।

तर पनि खै त कलाकर्मीलाई राष्ट्रले सम्झेको रुनेपाली कलाक्षेत्रको इतिहास पल्टाउने हो भने लिच्छवीकालदेखि नै नेपाली कला क्षेत्रको विकास भएको पाइन्छ । समयले कैयौ युग परिवर्तन गरे । अहिलेको २१ औं शताब्दीमा आइसक्दा कला क्षेत्रले आफ्नै रफ्तारमा कोल्टे फेर्दै यसको विकासक्रमको गतिलाई समेत अघि बढाउँदै लगेको छ । विश्वको कलाक्षेत्रले निकै नै प्रगति गरिसक्दा पनि अफसोच नेपाली कलाक्षेत्रले भने उल्लेख्य प्रगति गर्न नसकेको तीतो यथार्थ हामी सबैलाई अवगत नै छ ।

कला क्षेत्र भनेको हरेक प्राणीको सारथीको रुपमा परिचित हुँदै आएको कुरालाई हामी कसैले नकार्न सक्दैनौं । हामी मानवका लागि त अहिलेको प्राविधिक अनि वैज्ञानिक युगमा कलाक्षेत्र दुःख सुखका साथिको रुपमा रुपान्तरित हुँदै गएको छ भन्दा सायदै अत्युक्ति नहोला । त्यसैले किंवदन्ती पाइन्छ त्रेता युगमा सुख दुखको अनुभव गरिन थालियो, सारा संसार यसैमा आक्रन्त भए । जन कुरा ब्रह्माजीले थाह पाइ संस्कृत वागंमयमा नाट्य वेदको रचना गरेर पृथ्वीमा पठाएको चर्चा रहेको छ ।

नेपालको कलाक्षेत्रको इतिहास पल्टाउने हो भने राज दरवारमा हुर्के बढेको नाट्य रंगमञ्चको व्यवस्था र स्वरुप प्राचिन कालमा फरक फरक पाइन्छ ।

भरतमुनिले आफ्नो नाट्य शास्त्रमा नाट्य कलाको सबै सैद्धान्तिक र प्रयोगान्त पक्षको सुक्ष्म विवेचना गरेको पाइन्छ । नाट्य तत्वको सबै दुखान्त, सुखान्त र त्यसको अनुकुल साथै प्रतिकुल आदिको सुक्ष्म विश्लेषण समेत गरेको पाइन्छ । हरेक देशको आफ्नै भुगोल, भाषा, भेषभुषा, जीवनशैली र संस्कृति हुन्छ । नेपाल चार वर्ण छत्तिस जाातका सुन्दर फूलबारी भएकाले नेपालमा झन विविधता भित्र एकताले भरिएको पाइन्छ । जुन हाम्रो गर्वको विषय हो ।

हाम्रोे देशका विभिन्न स्थानमा रहेका गाथा, लोकनाच, डबली नृत्य तथा संगीतको आफ्नै विशेषता रहेको छ । हाम्रो आआफ्नै संस्कृतिमा हुर्केको मारुनी, घाटु, सोरठी, वालुन, अस्टमातृका, असारे, झ्याउरे, कौरा, पञ्चबुद्ध, धिमे, समला, तप्पा, पूर्वेली, देउडा, सेब्रु, सेलो, झिंझियाँ, धिमाल लगायतका थुप्रै लोकलय, नृत्य तथा लोक नाट्यकलाले नेपाली संस्कृति अनि कलाक्षेत्रलाई विश्व रंगमञ्च अनि कलाक्षेत्रमा परिचित गराएको छ । हाम्रो अस्तित्व र पहिचानलाई चिनाएको छ ।

लिच्छवीकालदेखि विकास भएको नेपाली कलाक्षेत्र विविध युग हुँदै राणकाल, प्रजातन्त्र, पञ्चायत, बहुदलीय प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि खै त राज्यले कलाकार अनि कलाकारितालाई सम्बोधन गरेको रु हरेक परिवर्तनका लागि कलाकारले पु¥याएको योगदान के सिमित दल अनि तिनका नेतालाई सत्तामा पुयाउनको लागि मात्र हो त ? अझै पनि राज्य नपुगेको स्थानमा कलाकारहरु पुगेर समाजमा सचेतना जगाउने एउटा संवाहकको भूमिकामा आफ्नो दायित्व निर्वाह गर्ने गरिरहेका छन् ।

उनीहरुको योगदानका उचिते कदर राज्यले गर्नुपर्ने होईन र रु दुई चार वटा, पाटी पौवा, देवल, मन्दिरका टुँडालको जिर्णेद्दार गर्दैमा कला संस्कृतिको संरक्षण संबद्र्धन हुन्छ रु कला, संस्कृतिप्रतिको राज्यको दायित्व पुरा भयो ? कला संस्कृतिको साँचो संरक्षण संरक्षण विकास गर्ने भनेको कलाकारहरुले नै गरिरहेका छन् भन्दा अत्तयुक्ति नहोला सायद । नेपालीहरुको मौलिक कला संस्कृति, भाषा, भेषभूषा, रितिथिति, रहनसहन आदिको विकास र संरक्षण संबद्र्धनमा सक्रिय कलाकारहरु संगितकर्मी, रंगकर्मी, नृत्यकर्मी लगायतकाको हक हितका लागि राज्यले निति निर्माण गर्न अत्यावश्यक छ । राज्यलाई कलाकर्मीहरुको लागि सधै सहयोग गर्न आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com