ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तहरुको भेटीमा पुजारीको ब्रम्हलुट, मन्दिरको जग्गामा ब्यक्तिको महल


sharan sharan

बिश्व मानचित्रमा नेपाललाई मन्दिर नै मन्दिरको देशका रुपमा पनि चिन्ने गरिन्छ । नेपालमा निर्माण भएका निजी घर हुन वा सरकारी भवनहरु प्राय प्यागोडा शैलीमा बनाईएकाले पनि घरहरु मन्दिर जस्ता देखीने गरेकाछन् । त्यसमा पनि मुलुकको जनसंख्यामा ठुलो हिस्सा हिन्दु धर्मप्रति आस्था राख्ने भएकाले पनि मुलुकमा बढी धार्मीक मन्दिरहरु रहेको छ । बिश्वका करोडौ हिन्दु आस्थावानहरुको मन्दिर र तिर्थस्थलहरुको नालीबेली खोज्नेहो भने आस्थामाथीको खेडवालका दृष्यहरुपनि देख्न सकिन्छ ।
काठमाण्डौको पशुपतिनाथ मन्दिरको ब्यवस्थापन गर्न खोज्दा झण्डै सरकार नै ढल्न खोजेको यथार्थ पनि हामी संग छ । पछिल्लो समयमा भारतको केदारनाथ र बद्रीनाथमा रहेका महन्त र मठाधीसहरुबाट प्राप्त अथाह सम्पत्तीले पनि हिन्दु आस्थाका केन्द्रहरुमा हुने गरेको बिकृती उजागर गरेको छ । झण्डै ४ हजार बर्ष पहिले स्थापना भएको भनिएको नेपाल र भारतका लाखौ तिर्थालुहरुको आस्थाको केन्द्र बनेको नेपालगन्ज स्थित बागेश्वरी मन्दिरको महिमा र मन्दिर भित्र रहेको बिकृती पनि अन्य मन्दिरहरुको जस्तै जस्तै पाउन सकिन्छ । सडक फराकिलो बनाउने भन्दै मन्दिर वरिपरि रहेको पसलहरु भत्काएर पुनः मन्दिर ब्यवस्थापन समितीले सपिङ महल बनाउन खोजे पछि बागेश्वरी प्रति आस्था राख्ने भक्तहरुको ध्यान मन्दिरको करोडौं पर्ने तर पुजारी महन्तहरुले बेचेर सकेको सम्पत्तीमा पुगेको छ ।
नेपालगन्जमा अवस्थित बागेश्वरी मन्दिरको स्थापना सम्बन्धमा बिभीन्न फरक फरक जनश्रुती र किम्बदन्तीहरु रहेको छ । तर मन्दिर उत्पत्तीका सम्बन्धमा बिक्रमसंबत १४११ अघिनै बागेश्वरीको उत्पत्ती भएको किम्बदन्ती भेटीएको छ ।
पहिलो जनश्रुती अनुसार बागेश्वरीको ईतिहांस डोल्पा जिल्ला स्थित बाला त्रिपुरा सुन्दरीसंग जोडीएको छ । डोल्पाको कोटगांउमा एउटा ढुङ्गाको ओखल थियो रे । सो ओखलमा धान कुट्दा दोब्बर हुने गरेकाले टाढा टाढादेखी कुटानी पिसानी गर्न त्यस ओखलीमा मानीसहरु आउने गर्दथे रे । अन्न दोब्बर हुने रहस्य पत्ता लगाउन कुमाई बिष्ट नामका गांउलेले ओखल खनेर हेर्दा दिब्य देबिको मुर्ती प्रकट भईन् । देबिको मुर्तीमाथी रहेको घिउको घडा छुनासाथ मुर्ती अलप भई ९ वटा पुतलीको स्वरुप धारण गरिन् । ९ पुतली मध्य १ बाजुरामा गई बसिन जहां बडी मालीकाको नामले प्रसिद्ध छ , अर्को जुम्लको सिंजामा कनका सुन्दरी नामले प्रसिद्ध र अर्को जाजरकोट , अर्घाखांची र सल्यानको खेरावाङ्ग भुवनेश्वरीका नामले रहे भने एक बहिनी नेपालगन्जको बागेश्वरी नामले प्रकट भईन । बचेको ३ पुतलीलाई बिष्ट स्वयंले छोपी डोल्पाको कोटगढीमा मन्दिीर बनाएर पुर्जा अर्चना गरे जहां बाला , त्रिपुरा र सुन्दरी देबीहरु अवस्थित रहेका छन् ।
दोश्रो जनश्रुती अनुसार चारतको तुलसीपुर राज्यको पाटनदेबी मन्दिरमा बाघ भेटीयो । बाघले मानीहरुलाई दुःख दिन थालेपछि मानीसहरुले लखेटदै आउंदा हाल बोगेश्वरी मन्दिर रहेको स्थानमा रहेको दुलो भित्र बाघ पस्यो । लखेटदै आएका मानीसहरुले बांसको घोंचोले घोच्दा बाघ मरेको र दुलोबाट पोखरी भरीनेगरि रगत बगेपछि डराएर क्षेमा पुजा गरेकाहरुलाई देबिले स्वप्न देखाई आफ्नो बाहनलाई मार्न नहुने भन्दै मरेको स्थानमा मन्दिर बनाई पुजा गर्न भने पछि मन्दिरको स्थापना भएको पनि भन्ने गरिन्छ ।

तेश्रो जनश्रुती अनुसार झण्डै २हजार बर्ष पुर्व बिभीन्न स्थानमा तिर्थयात्रा गर्दै हिंडेका शिश्यनाथा बाबा र तीनका शिश्यहरु हल बागेश्वरी मन्दिर रहेको स्थानमा बास बस्दा बाबालाई स्वप्नमा आई प्राण प्रतिस्थागर्न भनेको र प्राण प्रतिस्था गरि मन्दिर बनाउन खोज्दा दिनभरी बनाएको बनदिर फेरी अर्कोदिन त्यस्तै बन्न थालेपछि बाबाले आराधना गर्दा पुनः देबीले स्वप्नमा आई बली मागेको र अरुको बलिदिंदा पाप लाग्ने थानी बाबाले आफै बलिदान दिई शिश्यहरुलाई मन्दिर बनाउन लागाएको पनि भन्ने गरिएको छ । शिश्यनाथ बाबाको समाधी अहिले पनि मन्दिर परिषर भित्र देख्न सकिन्छ ।
चौठो जनश्रुतीमा स्वस्थानी ब्रतकथामा सतीदेबीको जिब्रो पटन भएकोले वाक्यश्वरी शक्ति पिठ रहन गएको पनि भनीन्छ । पछि वाक्यश्वरीबाट अपभ्रंस भई बागेश्वरी रहन गएको समेत भनिएको छ ।
शिश्यनाथ बाबाले बनाएको मन्दिरलाई तत्काल ईष्ट ईन्डीया अन्तर्गत रहेको बांके जिल्लामा बलरामपुर राज्यका महाराज दिक बिजय सिंहले पिठहरुको दर्शन गर्ने क्रममा बागेश्वरी मन्दिर पुगी माटोको मन्दिरलाई जिर्णोद्धार गरि सुर्खीचुनाको छानो हालेका थिए । सन १२६७ मा सिंहले जिर्णौद्धार गरेको मन्दिर त्यस यता श्री ३ महाराज मोहन सम्सेरले र त्यस यता बिभीन्न ब्यवसायीहरुले किस्ताबन्दीमा जिर्णोद्धार गर्दै आजको आधुनीक बागेश्वरी मन्दिर बनेको हो । मन्दिर प्यागोडा शैलीमा बनेको छ । मन्दिरको सम्पुर्ण परिधी ४७ मिटर ६० सेण्टीमिटर रहेको छ । मन्दिरको कौशीमा १०८ प्यालामा दियो जडान गरिएको छ भने मन्दिरको द्धारमा सिंहको मुर्ती स्थापना गरिएको छ । मन्दिरमा ४ वटा प्रवेश द्धारहरु छन् प्राय देबी मन्दिरमा ४ द्धार बनाएको पाईदैन । मन्दिरको मुल ढोका अगाडी बि स २००० भन्दा अगाडी चढाईएका दर्जन बढी घण्टहरु रहेका छन् ।

त्रिपुरा सुन्दरी मन्दिर

बागेश्वरीको पुजा बिढी पनि बिशिष्ट प्रकारको रहेको छ । बिहान ४ बजे भित्र मन्दिरका मुल महन्तले मन्दिरको चारै ढोका बन्द गरि मुखमा समेत पट्टी बांढेर तान्त्रीक बिधीबाट गोप्य पुजा गर्ने गरिन्छ । सांझ आरती गर्दा दमाहा र घण्टका साथ आरतीगर्ने गरिन्छ । त्यसो त अहिलेका पुजारीहरु बागेश्वरीका परम्परादेखीका पुजारी होईनन् । सुरुमा थारु पुजारीहरुले पुजा गर्ने गरेकोमा राणाकालमा नाथहरुका दबदवा चल्यो र नाथहरुले थारुहरुलाई हटाई नाथहरुले पुजा गर्न सुरु गरेका थिए । हालका पुजारी चन्दननाथ र हरिहरनाथ राणाकालबाट मात्र नियुक्त भएका पुजारीका सन्तान हुन् । मन्दिरमा बडा दशै र चैते दशैमा हजारौको संख्यामा भक्तहरु प्ुाजा गर्न आउने गर्दछन् । प्रमुख चाडहरुमा हजारौको संख्यामा बली समेत चढ्ने गरेको छ । यसरी बागेश्वरी मन्दिर हजारौ बर्षदेखी नेपालगन्जमा आज सम्म पनि प्रसिद्ध रहेको छ ।
जति महिमा त्यती नै बिकृति
मन्दिरको जति महिमा छ त्यतीनै मन्दिरको सम्पत्ती पनि अथाह रहेको थियो । बांके नेपालमा फिर्ता पुर्व तुलसीपुर राज्यमा हुने बेलामा बलरामपुर स्ेटटका महाराज दिगबिजय सिंहले दिएको मौजा र बिभीन्न बेला भक्तहरुले चढाएको जग्गा तथा गरगहनाको मात्र हिसाव गर्नेहो भने पनि करोडौ रुपैयाको सम्पत्ती हुनु पर्ने हो , तर अहिले बागेश्वरी मन्दिरको नाममा निकै सिमीत सम्पत्ती बांकी रहेको देखीन्छ ।
सन १२६७ मा बांके कम्पनी सरकारको अधिनस्त रहंदा बलरामपुर स्टेटका महाराज दिगबिजय सिंहले सनद गरि बागेश्रीलाई ईन्द्रपुर करमोहना क्षेत्रको करिव १ सय बिगाहा जग्गा दिएका थिए । २०२५ साल सम्म बागेश्वरी मन्दिरको नाममा ९९ बिघाहा ५ कट्टा १४ धुर सम्म थियो । बांकेको ईन्द्रपुर गांउबिकास समितीको करमोहोना गांउमा मन्दिरको नाममा रहेको उक्त जग्गाको अहिले सबै ब्यक्तिहरुका नाममा पुगेको छ । करमोहोनामा भएको मन्दिरको नाममा रहेको जग्गा मध्ये २०२८÷०७÷१४ गते तत्कालीन भुमि प्रसासन कार्यालय बांकेको निर्णय अनुसार नित्य पुजा गर्ने र सन्त महन्तहरुको आयमा आवास तथा हण्डि दिने परम्परा अनुसार महन्तका दरसन्तानले खाने गरी महन्त द्धय हरीहरनाथ योगिलाई ९ बिघाहा १९ कट्टा ५ धुर र चन्दननाथ योगिलाई ९ बिघाहा १३ कट्टा १२ धुर रजिष्ट्रेसन गरी दिईएको थियो । तत्काल मन्दिरका नाममा रहेको ९९ बिघाहा जग्गा २०२८ सालमा दर्ता हुंदा ८७ बिघाहा २ कट्टा ३ धुरमा सिमीत भयो । तर बांकी जग्गाको रेकर्ड अहिले सम्म पनी कोही कसैसंग छैन ।
२०२८ सालमा मन्दिरको नाममा रहेको ८७ बिघाहा २ कट्टा ३ धुर बाट पुजारी महन्तहरुलाई दिई बंचेको शेष जग्गा समेत षडयन्त्रमुलक तरीकाले रैतान गुठिमा परीणत गरी पुजारीहरुले बेचि सिध्याएका छन ।
अहिले बागेश्वरीको नाममा खजुराखुर्द गाबिसको वार्ड न. २ मा रहेको ३ बिघाहा ११ कट्टा १४ धुर र नेपालगञ्जमा गोश्वारा नापीमा दर्ता हुन बांकी हाल मन्दिर रहेको जग्गा बाहेक सरकारी श्रेस्तामा अन्य जग्गा देखीदैन । खजुराखुर्दमा राम प्रसाद दवाडले ४ बिघाहा जग्गा मन्दिरका नाममा चढाएपनी हाल आएर सो जग्गा ३ बिघाहा ११ कट्टा १४ धुरमा सिमीत भएको छ ।
उता परसपुर ९ का बालक अहिरले चढाएको ३ कट्टा १ धुर जगगाको समेत मन्दिर संग कुनै स्वामित्व छैन । २०१३ सालमा नेपालगञ्ज नगरको सल्यानी बागमा संकर प्रसाद उपाध्यायले चढाएको १ बिघाहा १५ कट्टा जग्गा मन्दिर ब्यबस्थापन समितीले ब्यवास्ता गरेपछी २०२५ सालको सर्भे नापीमा दाता उपाध्यकै श्रीमतीहरुले आफनो नाममा नापी गराएका थिए ।
बागेश्वरी मन्दिरको नाममा थुपै दाताहरुले नगद तथा जिन्सि सामग्रिहरु दान गरे । तर दाताहरुले दान गरेका जिन्सि सामानको पनी कुनै लेखाजोखा छैन । २०२५ साल भन्दा पहिले नै संकलन गरीएका केही सुन तथा चांदीका सामाग्रिहरु जिल्ला मालपोत कार्यालयमा ढुकुटी भित्र राखीएको थियो, तर बन्द ढुकुटीबाट समेत जिन्सी धनमाल हराएको छ । तर त्यस पछी चढाईएका गरगहनाहरुको कुनै रेकर्ड छैन ।
जिल्ला मालपोत कार्यालय बांकेको ढुकुटी भित्र रहेका सामाग्रिहरु निम्न बमोजिम रहेको कुरा केहि वर्ष पहिले सम्म मन्दिरकै कार्यालयमा रहेको कितावमा तथ्यांक देखिन्थ्यो, तर मालपोतमा रहेको बाकसमा हाल उल्लेखित समाग्री नभएको बताईएको छ ।


१, मोहरमाला ४८ को चांदीको सिक्री भएको मोहोरमाला १ थान ।
२, १२० भएको तुलसी पत्र सिक्री समेत ७१ तोला ८ आना ।
३, ५७ भएको चांदीको सिक्री मोहोरमाला सहित ४४ तोला ।
४, मोहोरमाला १३ को मोहोर छिनीएको ९ तोला ।
५, ५३ भएको सिक्री सहित भएको २८ तोला ८ आना ।
६, चांदीको कमल कहा भांचिएको १३ तोला ।
७, कम्मर मुनी तामा भएको तथा चांदीको फुल
८, फुल देखी मुनी तामा भएको तथा चांदीको फुल १३ तोला ।
९, सानो ठुलो गरी चांदीको छत्र कुच्चिएको २४ तोला १२ आना ।
१०, चांदीको गजुर झल्लर समेतको १ तोला ।
११, चांदीको घण्टा १० तोला ।
१२, कुच्चिएको पुरानो चांदीको डण्डि गजुर नभएको २० तोला १६ आना ।
१३, गजुर भएको एक नभएको तिन समेत चांदीको छत्र सानो ठुलो गरी १ तोला ६ आना ।
१४, कमल एक डाठ समेत चांदीको कमल फुल २ तोला ।
१५, चांदीको कैतकी पत्र १ तोला १२ आना ।
१६, चांदीको गजुर समेत भएको भाचि कुच्चिएको छत्र ४१ तोला ४ आना ।
१७, चांदीको छत्र सानो ठुलो भाचि कुच्चिएको छत्र १ तोला ६ आना ।
१८, टुटेको चांदीको कमल फुल ३ आना कम १ तोला ।
१९, चांदीको चमरको बिंड मात्र भएको ६ तोला ।
२०, चांदीको अन्सौरा २ पैसा कम १ तोला ।
२१, चांदीको छत्र ३ तोला ११ आना ।
२२, कुचिएको चांदीको कैतकी पत्र २ आना कम १ तोला ।
२३, कमलको फुल भएको भाचिएको चांदीको कैतकी पत्र १ तोला ।
२४, भाचिएको चांदीको खडा बत्ति ५ तोला १२ आना ।
२५, चांदीको छत्र, भाचिएको ४ तोला ८ आना ।
२६, चांदीको मण्ड २५ भएको मण्डमाला १ आना कम १ तोला ।
२७, घरमुण्ड १९ को सिक्री समेत चांदीको माला १ तोला २ आना ।
२८, कमलपत्र ३ र बाघको मुखमा अन्दाजि १ लाल सुन भएको चांदीको बेलपत्र २ तोला ४ आना ।
२९, चांदीको तुलसीपत्रको सिक्री समेत पुरानो तुलसीपत्र ४ तोला १२ आना ।
३०, चांदीको कैतकी पत्र २ तोला ।
३१, कुचिएको पुरानो कैतकी पत्र २ तोला १ आना ।
३२, चांदीको कमलको आलमुनितामा जडेको सुन अन्दाजि १लाल चांदी १० तोला ८ आना ।
३३, पित्तलको डांठ गजुर भएको तामा चांदी भएको डाठ नभएको ६ तोला ८ आना ।
३४, गजुर डाठ नभएको चांदीको झुमक ४ तोला १५ आना ।
३५, चांदीको पत्र तामांको डाठ भएको ३ तोला ८ आना ।
३६, चांदीको कमलपत्र, पुरानो, भाचिं दुई टुक्रा भएको डाठ भएको १० तोला १० आना ।
३७, चांदीको पत्थर जडेको टुटेको झरेको सिरमा पत्ता भएको डेढ तोला ।
३८, चांदीको हव गजुरमा सुनको जलप भरेको ४ आना कम १ तोला ।
३९, गजुर भएको चांदीको छत्र भाचिएको २ तोला ।
४०, ११ टाउको भएको सिंहासन टुटेको कुचिएको १८ तोला १२ आना ।
४१, चांदीको गहना ३० तोला साढे १४ आना ।
४२, चांदीको घण्टि ३ आना कम १ तोला ।
४३, चांदीको सिंहासन सुनको सिंहको मुर्ति भएको ३५ तोला ।
४४, ताजा चांदी भएको कलश १ थान ।
४५, सुनको तारमा उनेको मोतिका पत्थर ४ थान ।
४६, मोती ठुलो ४ सानो १ धागोमा उनेको २० मोती मोतिकै माला १ थान ६५ सानो , ३ ठुलो ।
४७, मोती २ पत्थर १ सुनको नथ ।
४८, टुक्राटुक्रि सुन १ आना ।
४९, सुनको तिलहरी भित्र लाहा भएको १ थान ।
५०, सुनको तिलहरी चांदीको डाठ भएको १ थान ।
५१, चांदी कलश र अरु गहनाको टुक्रा भाचिएको र त्रिभुवनको मालामा मोहोर भएको जंजीरमा गांसीएको माला १ तोला २ आना ।
५२, सिक्रि समेत चांदीको चढाएको छत्र महन्त मार्फत आएको २१ तोला ।
५३, लक्ष्मि क्लाथ हाउसले चढाएको छत्र, महन्त मार्फत आएको तामाको डाठ चांदीको छत्र र बैठकी भएको ९८ तोला ।
५४, गगनगञ्जका कृष्ण दासले चढाएको डण्डि गजुर समेत भएको महन्त मार्फत आएको डण्डि गिल्टी छत्रमा जोडिएको ७ तोला ।
५५, बागेश्वरी निर्माण समीती द्धारा केदारनाथ टण्डनको पसलमा गलाएर ल्याएको चांदीको घण्टि ५२० तोला ।
५६, बागेश्वरी निर्माण समीती द्धारा पाउ मानस देबीको मुर्तिको करुवा समेत थान ४, तिन तोला पौने १० आना ।
५७, पुजारी हरीहरनाथ र चन्द्रनाथकी आमा मुनुकाले बुझाएको चांदीको छत्र २ थान, चांदीको माला २ थान ।
५८, देबीको मुर्ति चांदीको १ थान ६४ ग्राम ।
५९, चांदीको सिक्रि १ लाल कम ५ तोला ।
बगेश्वरीका बिषयमा लेखएिका पुस्तकहरुमा २०२९ सालमा भुवनेश्वर खनालले मालपोत कार्यालयलाई बुझाएको भनिएको सामानको बिवरण यस्तो थियो ।
१ सिंहको मर्ती ८३ तोला चांदी
२ १२० तोला चांदीको खम्बा ,
३ १६५ तोला चांदीको भैरव मुर्ती
४ ४७ तोला चांदी करुवा
५ ४८ तोला चांदीको पानस ,
६ १३ तोला चांदीको आरती
७ ३३ तोला चांदीको बाघको मर्ती
८ २८ तोला चांदीका टुक्रा
९ ९५ तोला चांदीको भगवतीको मुर्ती
१० ४७ तोला चांदी बराबरको झण्डाहरु
तर यी समाग्रीहरुको हाल मालपोत कार्यालयसंग रेकर्ड छैन ।
२०२९ साल पछि नेपाल तथा भारतबाट आएका भक्तहरुले मन्दिरमा चढाएको सुन चांदी तथा नगदको कुनै हरहिसाव राखीएको छैन । र ती सबै दान दक्षिणाहरु पुजारी द्धय हरिहरनाथ र चन्दननाथले एकलौटी लिने गरेका छन् ।
सबैलाई थाहा छ , २०१७ सालमा ततकलीन राजा महेन्द्रले शासन सत्ता हातमा लिए लगत्तै नेपालभरी रहेका सबै पठ मन्दिरको सम्पूर्ण चल अचल सम्पत्ती राज गुठीमा परिणत भएको घोषणा गर्दै बेचबिखनमा प्रतिबन्ध लगाएका थिए । नेपालका सबै क्षेत्रका मठमन्दिरमा राजाको त्यो हुकुम लागु भयो तर नेपालगन्जको बागेश्वरीमा किन लागु भएर ? राणा र अंग्रेजहरुले मौजा भन्दै बितरण गरेका हजारौ बिगाहा जग्गा भुमिसुधार भन्दै राष्टियकरण भयो तर बागेश्वरी गुठीको जग्गा पुजारीहरुको स्वामीत्वमा कसरी बन्न पुग्यो ? र पुजारीहरुलाई पुजा गरेबापत हण्डी भन्दै १९ बिगाहा भन्दा बढी जग्गा दिए पछि पनि उनीहरुलेृ नै बांकी शेष जग्गा बेच्ने अधिकार कसरी पाए ? यतीबेला यो प्रश्न बागेश्वरीका अगाडी तेर्सिएका छन् ।
हामी भन्छौ बागेश्वरी कसैको बपौता होईन लाखौ हिन्दुधर्मालम्बीहरुको आस्थाको केन्द्र हो । तत्काल उचीत ब्यवस्था नहंदा पहिले भक्तहरुले पुजारी महन्तका संरक्षणमा दान गरेपनि त्यो दान द्रस्तब्य बागेश्वरीलाई चढाईएको हो, पुजारीलाई होईन । नेपालभरीका मठमन्दिरका जग्गा जमिन गुठीमा गए जस्तै बागेश्वरीको सयौ बिगाहा जमिन पनि बागेश्वरी गुठीमा जानै पर्दछ र हामी यो पनि भन्दछौ, श्रद्धालु भक्तजनहरुको आस्थामा खेडवाल गर्दै दान भेटी चढाईएका जग्गा र अन्य चिजहरुको बेचबिखन गरि करोडौ कुम्ल्याउनेहरुको खोजी गरि कारबाहीको दायरामा ल्याउनै पर्दछ । बरु हामी भन्दछौ बागेश्वरी गुठीका नाममा रहेको सम्पत्तीलाई मानव कल्याणका निम्ती र दिनदुःखीहरुका निम्ती साहारा केन्द्रकारुपमा बिकास गर्नु पर्दछ । अनीमात्र हामी असली बागेश्वरीका भक्त हुने छौ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com