ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने


abc tv

काठमाडौं । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र, सामाजिक सेवा प्रभागबाट आजदेखि नेपालमा बृहत रक्तदान अभियान सुरुवात भएको छ ।

दादी प्रकाशमणीजीको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा नेपाल र भारतमा गरी एक लाख युनिट रक्त संकलन गर्ने उद्देश्यका साथ आजदेखि रक्तदान कार्यक्रम सुरु भएको हो । रक्तदान कार्यक्रम भदौ ९ गतेसम्म सञ्चालन हुनेछ ।

आज काठमाडौं उपत्यकामा मात्र ४९ स्थानमा रक्तदान सञ्चालन भएका छन् । ललितपुरमा १०, भक्तपुरमा १२ र काठमाडौंका २७ स्थानमा रक्तदान कार्यक्रम हुने ब्रम्हाकुमार विश्वनाथले जानकारी दिए ।

संघसंस्थासँगको सहकार्य गर्दै रक्तदान कार्यक्रम अघि गरिएको छ । नेपाल रेडक्रस सोसाइटीसँग मात्र नभई विभिन्न अस्पतालसँग समन्वय गरेर रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ ।

नेपालको १३५ स्थानमा भदौ ६–९ गतेको अवधिमा सञ्चालन हुनेछ । नेपालमा १० देखि १५ हजार पिन्ट रगत संकलन गर्ने लक्ष्य राखेको छ ।

चार दिनमा नेपाल र भारतमा गरी एक लाख युनिट रगत संकलन गर्ने लक्ष्य छ । रगत संकलन अभियानले गम्भीर अवस्थाका बिरामीलाई जीवनदान प्रदान गर्नुका साथै समाजमा दया, सहयोग र विश्व बन्धुत्वको सन्देश फैलाउने विश्वास आयोजकको छ ।

यही अभियानअन्तर्गत ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको भवनमा बृहत रक्तदान कार्यक्रम शनिवार र आइतबार बिहान ८ देखि दिनको १२ बजेसम्म हुनेछ । रक्तदानमा सहभागी हुन आम जनसमुदायले ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र ललितपुरले आव्हान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रको बृहत रक्तदान अभियान, एक लाख युनिट रगत संकलन लक्ष्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com