ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुहबी–कटहरी प्रसारण लाइनको अवरोध हटाउन मुख्यमन्त्रीको पहल शुरु


एबीसी न्यूज
भाद्र १८, २०७६ बुधबार  ८ : २४ बजे

काठमाडौँ, १८ भदौ । लामो समयदेखि अवरोध रहँदै आएको दुहबी कटहरी विद्युत् प्रसारण लाइनको अवरोध हटाउन पहल थालिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सो अवरोध हटाउन आज आफ्नै कार्यकक्षमा सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । यसका लागि मुख्यमन्त्री राईले मोरङ क्षेत्र नं ४ का सङ्घीय सांसद अमनलाल मोदीसहित ग्रामथान गाउँपालिका अध्यक्ष, उद्योगी, व्यवसायीलगायतसँग छलफल गर्नुभएको हो ।

यतिबेला ग्रामथान गाउँपालिकाको गिधनियाँमा प्रसारण लाइन अवरोध छ । छलफलमा प्रसारण लाइनको अवरोध हटाउन मुख्यमन्त्री राईले पहल गर्ने बताउनुभयो । “यहाँको समस्या समाधान गर्न म पहलकदमी लिन्छु”, मुख्यमन्त्री राईले भन्नुभयो, “समस्या राखेर हुँदैन, सबै मिलेर समाधान खोज्नुपर्छ ।”

विकास निर्माणमा सबैले सहयोग गर्न पनि मुख्यमन्त्री राईले आग्रह गर्नुभयो । मुख्यमन्त्री राईले प्रसारण लाइनको समस्या अन्त्यका लागि एक–दुई हप्तामै पुनः सरोकारवाला निकायहरुको बैठक बोलाउने बताउनुभयो । यसका लागि प्राविधिकसहितको टोली गठन गरेर सम्बन्धित क्षेत्रको समस्या आधिकारिक रुपमा लिने मुख्यमन्त्री राईले बताउनुभयो । “अब यो समस्याको अन्त्य हुन्छ”, मुख्यमन्त्री राईले भन्नुभयो, “विद्युत् झ्याप्पझ्याप्प आउनेजाने हुनु हँुदैन, यसका लागि विद्युत् प्राधिकरणले ध्यान दिओस् ।”

गत शनिबार मात्रै मुख्यमन्त्री राईले सोलु करिडोर १३२ केभी प्रसारण लाइनको अवरोध हटाउन पहल गर्नुभएको थियो । गिधनियाँको अवरोध हटाउन यहाँका उद्योगीव्यवसायीले माग गरिरहेका बेला मुख्यमन्त्री राईले अग्रसरता लिनुभएको हो । गत हिउँदमा पनि कोशी करिडोरको विद्युत् सम्बन्धको विवादमुख्मन्त्री राईले समाधान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com