बझाङ, १७ भदौ । बझाङवाट धनगडी तर्फ गैरहेको यात्रु वाहाक वस सोमवार चेकजाँच गर्दा अवैध चरेश सहित चार जनालाई पक्राउ परेका छन ।
बझाङबाट धनगढीका लागी छुटेकोे ना.८ ख १०७४ नम्वरकोे बस चेक जाँच गर्ने क्रममा अस्थाई प्रहरी चौकीले स्याडीले १२ किलो लागु औषध चरेस फेला पारेकोे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
अवैध चरेश सहिद बझाङे केदास्युँ गाउपालीका वडा नं. ५ बस्ने बर्ष ४० वर्षिय काशी ठगुन्ना सहित ४ जना लाई नियन्त्रणमा लिएकोे जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख रमेश वमले जानकारी दिए । प्रहरी प्रमुख बमका अनुषार चारै जनालाई ७ सात दिन म्याद थप गरी अनुसन्धान भई रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्