ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतवासी नेपाली प्रदेशमा लगानी गर्न इच्छुक– मुख्यमन्त्री गुरुङ


एबीसी न्यूज

काठमाडौं, १७ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेलायतमा बस्ने नेपाली प्रदेशमा लगानी गर्न इच्छुक रहेको बताउनुभएको छ ।

आफ्नो १० दिने बेलायत भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुभएका मुख्यमन्त्री गुरुङले आज पोखरा विमानस्थलमा पत्रकारसँग प्रदेशको पर्यटन र खेलकूदको क्षेत्रमा लगानी गर्न बेलायतवासी नेपाली इच्छुक भएको बताउनुभयो । गैरआवासीय नेपाली सङ्घ ९एनआरएन० बेलायत र व्यवसाय गरेर बसेका नेपालीसँगको छलफल एवं अन्तरक्रियामा उनीहरूले प्रदेशमा लगानीका लागि इच्छा देखाएको बताउँदै उहाँले लगानी मैत्री वातावरण बनाउन आफूले प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय म्याराथन तथा फुटबल लगायतका खेलकूद क्षेत्रमा सहारा युके लगायतका संस्थाले पनि व्यवस्थित लगानीको इच्छा देखाएको उहाँले बताउनुभयो । भ्रमणका क्रममा मुख्यमन्त्री गुरुङले भूतपूर्व गोर्खा सैनिकसँग सामूहिक भेट गरेको र उक्त क्रममा उहाँहरूले आफूले भोगिरहेको विभेदको विषयमा सरकारका तर्फबाट पहल गरिदिन आग्रह गरेको उहाँले बताउनुभयो ।

भ्रमणका क्रममा पोखरा शहर र बेलायतको म्यानचेष्टर सिटीबीच भगिनी सम्बन्ध कायम गर्ने विषयमा त्यहाँको प्रतिनिधिसँग छलफल भएको छ । बेलायतका नेपाली भाषी जनप्रतिनिधि नर्थ योर्कसायरका प्रमुख जनक शर्मा र लण्डनका डेपुटी प्रमुख लक्ष्यु गुरुङसँग भेटी द्विपक्षीय हित र सहयोग सम्बन्धमा छलफल गरेको मुख्यमन्त्री गुरुङले जानकारी दिनुभयो ।

अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक समूहसँग समेत भेट गरेको र सो क्रममा विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको अवस्थाका बारेमा जानकारी हुनुका साथै विभिन्न अध्ययन अनुसन्धानमा नेपाललाई सघाउने वचन प्राध्यापकहरूले दिएको मुख्यमन्त्री गुरुङले बताउनुभयो । आफ्नो बेलायत भ्रमण सफल भएको र यसले प्रदेशमा लगानी बढाउन महत्वपूर्ण टेवा पुग्ने मुख्यमन्त्री गुरुङले जिकिर गर्नुभयो ।

बेलायतमा आयोजना हुने नेपाली मेलामा भाग लिन मुख्यमन्त्री गुरुङ यही भदौ ६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । विमानस्थलमा मुख्यमन्त्री गुरुङलाई प्रदेशका आन्तरिक ममिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, उद्योग पर्यटन तथा वन वातावरणमन्त्री विकास लम्साल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपाली र प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याल लगायतले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com