काठमाडौं, १७ भदौ । तिज कार्यक्रममा झगडा हुँदा एक जनाको ज्यान गएको छ । अछामको ढकारी गाउँपालिका वडा २ मा सोमबार दिउँसो सुर्योदय बालविकासको प्राङ्गणमा भएको तीज कार्यक्रममा नाच्ने क्रममा स्थानीय दुई युवा समूहको झडपमा एक जनाको मृत्यु भएको हो । झडपमा ढकारी गाउँपालिका वडा २ का लोकेन्द्र बहादुर शाहीको ज्यान गएको छ ।
सोमबार दिउँसो ३ बजे तीज कार्यक्रममा सोही वडा बस्ने ३९ वर्षीय लोकेन्द्र शाही, २८ बर्षीय राजेश शाही, ३९ वर्षीय विन्द्र शाही र २६ बर्षीय तपेन्द्र बहादुर शाही बीच एक आपसमा विवाद भई झगडा भएको थियो । कुटपिट गर्ने व्यक्ति फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्