काठमाडौं, १७ भदौ । चक्कु प्रहार गरेर काठमाडौंको सीतापाइलामा २५ वर्षीय आकाश बस्नेतको हत्या भएको छ । नागर्जुन(५ का २५ वर्षीय आकाश बस्नेतलाई छुरा प्रहार गरेर हत्या गरिएको हो ।
महागनरीय प्रहरी वृत्त, स्वयम्भुका डीएसपी लालध्वज सुवेदीले घटनामा संलग्न भएको आशंकामा ३ जनालाई पक्राउ गरिएको बताए । बस्नेत नागार्जुन नगरपालिका–५ निवासी हुन्। उनका अनुसार पक्राउ पर्नेमा सुर्खेतका हिमांशु क्षत्री, धादिङका साकार भनिने सागर तामाङ र दोलखाका सुवास श्रेष्ठ उर्फ बुलेट छन् । बस्नेतसहित हत्या आरोपित सबैले मादक पदार्थ र लागूऔषध सेवन गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
‘उनीहरु चोक नजिकै रहेको भट्टीबाट निस्किने वित्तिकै झगडा भएको रहेछ’, घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने आशंकामा खोजी जारी राखिएको प्रहरीले जनाएको छ । सोमबार साँझ सामान्य विवाद हुँदा उनीहरुले बस्नेतलाई चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट घाइते भएका मनमोहन अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस्