काठमाडौं, १७ भदौ । एउटै रुखमा पासो लगाएर गौशालाको पशुपति भण्डारखाल जंगलमा एक अन्तरजातीय जोडी मृत भेटिएका छन् । झुण्डिएको अवस्थामा खोटाङका ४० वर्षीय जयप्रसाद गिरी र ३३ वर्षीया उमिता दमाई मृत भेटिएका हुन् ।
महानगरीय प्रहरी वृत्त, गौशालाका डीएसपी प्रदीपबहादुर सिंहले दुई जनाको शव भेटिएको पुष्टि गरे । दुवै पक्षको आफन्तको रोहवरमा सनाखत गरेर पोष्टमार्टमका लागि पठाइसकिएको छ’ घटनास्थलबाट केही कागज पत्र भेटिएता पनि मृत्युकालीन घोषणा गरिएको भने भेटिएको छैन ।
प्रतिक्रिया दिनुहोस्