ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापान कलाकारको पहिलो रोजाई बन्दै, नेपाली समुदाय उत्साहित


एबीसी न्यूज
भाद्र १६, २०७६ सोमबार  ५ : ३४ बजे

टोकियो, जापान । जापान पछिल्लो समय नेपाली कलाकारको पहिलो रोजाई बनेको छ । ८८ हजार नेपाली रहेको जापानमा बिभिन्न समयमा कार्यक्रम समेत आयोजना हुन्छन् ।

चाहे त्यो तीज फेष्टिबलको नाममा होस् त अन्य सांस्कृतीक साँझ, डम्फु साँझ, अवार्ड, ल्होसार त कतै धमाकाकै नाममा । कलाकारको जम्बो टोली नै जापान आउने गर्छन् ।  नेपालीलाई सांङगितीक माध्यमबाट भरपुर्ण मनोरन्जन दिदै आएका छन् । आयोजकले बोलाएपछि भीषा सजिलै पाउने हुदा जापान आउन सजिलो भएको हो ।

व्यस्तताका कारण प्रवासमा हुने नेपालीले संस्कृती नै बिर्सने हुन की भन्ने चिन्ता पनि कलाकारमा छ । नेपालको संस्कृती र संस्कार प्रवासमा जन्मने नयाँ पुस्तालाई थाहा नहुने हुदा हस्तान्तरण गर्ने जिम्वेवारी समेत आफ्नो भएको कलाकारको भनाई छ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजमा जापानमा धेरै कार्यक्रम आयोजना भए ।

ती कार्यक्रममा नेपालका चर्चित कलाकारहरु पशुपति शर्मा, बद्री पंगेनी, खुमन अधिकारी, मन्जु पौडेल, रमेशराज भट्टराई सम्झना भण्डारी, प्रताप दास लगायतका अन्य कलाकार पनि जापान आए । राष्टिय ख्याती कमाएका तर रोजगारिका शिलशिलामा जापान रहेका लोकप्रिय गाएक सुर्य खड्का , गाएक अमित सापकोटा, खेमराज पौडेल, चेतन घर्तिमगर र भावना आचार्य पनि बिभिन्न ठाउँमा सहभागी भए र दर्शकलाई मनोरन्जन दिए ।  जापानको तीजलाई साच्चिकै तीज बनाए ।

सबै नेपालीलाई समेटने गरि आईतबार हाम्रो परम्परा हाम्रो संस्कृती, भन्ने नाराका साथ टोकियोको सिवा पार्कमा तीज फेष्टीबल भयो । दरखाने दिनमा आयोजना गरिएको तीज फेष्टिवलमा नेपाली संगै जापानिज नागरिक पनि उपस्थित भएका थिए । कार्यक्रम स्थलमा बालबालिकादेखि वृद्धवृद्धा सम्मको खचाखच थियो ।

रातो साडीमा सजिएका मन्जु पौडेल र सम्झना भण्डारी दौरा सुरुवालमा सजिएका बद्री पंगेनी के मन्चमा पुगेका थिए। दर्शक निकै उत्साहित बने । बालबालिका देखि वृद्धवृद्धा सम्म नाच्न थाले ।

महिना अघि धादिङबाट जापान आएकी इच्छादेवी पुडासैनीलाई नेपाल भन्दा जापानमा तीज रमाईलो लाग्यो । जापानको तोदामा बस्दै आएकी पुडासैनी छोराबुहारी संग तीज फेष्टीवलमा पुगेकी थिईन् । ७६ वर्षिय पुडासैनीको जापानको तीज पहिलो भएपनि नेपालको कत्ती पनि सम्झना थिएन । सबै संग घुलमिल गर्दै तीजको शुभकामना साट्दै थिइन् । यसै वीचमा बद्री पङगेनीले भाउजुको हाईहाई छ दाई जापान भएर भन्ने गीत गाईरहेका थिए यता पुडासैनी बुहारी र साथीसंग छमछमी नाचेकी थिईन् ।

उनी भन्छिन, “नेपाल भन्दा जापानमा तीज रमाईलो भयो ।” सबै नेपाली जम्मा भएका छन् , नेपालका कलाकार पनि यही आएका छन् उनले भनीन् । तीज फेष्टीवलमा २ हजारको संङख्या नेपाली र केही जापानिज नागरिक समेत पुगेका थिए । अर्का चर्चित गाएक पशुपति शर्मा, रमेशराज भटराई र प्रताव दासले पनि दर्शकलाई भरपुर्ण मनोरन्जन दिएका थिए । फेष्टिवल डेष्टिनी क्रिएशन र एनआरएनए जापानको संयुक्त आयोजनामा गरिएको थियो । पहिलो फेष्टिवल भएका कारण पनि होला धेरैको उत्साहजनक सहभागिता थियो । र सहभागि सबैले नेपालको संस्कृती झल्कने पोशाक लगाएका थिए । फेष्टिवल नेपाली संस्कृतीको निरन्तरता र नेपालको नुवाकोटमा रहेका अशक्त, असहाय र वेसाहारा बालबालिकाको अध्ययनमा सहयोग पुर्याउने उदेश्यले आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com