ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिथिलाञ्चलमा आज चौरचन मनाइने


एबीसी न्यूज


जनकपुरधाम १६ भदौ ।जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा सोमबार धुमधामकासाथ महान पर्व चौरचन मनाईने छ । जनकपुरधामसहित प्रदेश दुइका सम्पुर्ण जिल्लालगायत भारतका केही राज्यहरुमा समेत चौरचन पर्व मनाइे गरिन्छ ।

हिन्दु धर्मावलम्बी समुदायका व्यक्तिहरुले यस पर्वलाई विशेष महत्वको साथ मनाउने गर्दछन् । शोमबार राति ब्रतालु महिलाहरु आ–आफ्नो घरको आँगनमा पूजा सामग्री चढाएर उदाउँदै गरेको चन्द्रमालाई अर्घ दिएर यो पर्व मनाउँनेछन् । यस पर्वको अवसरमा सोमबार जनकपुरधाम उपमहागरपालिकाले जनकपुरधाम नगर क्षेत्रमा सार्वजनिक बिदा समेत दिएको छ ।

मिथिलाञ्चल क्षेत्रमा मनाइने पर्वहरुमा अधिकांशमा स्थानीय स्तरमा उत्पादन हुने सामग्रीको प्रयोग भएको हुन्छ । विभिन्न भाकल पुरा गर्न तराई मधेशका मानिसहरु मनाउने चौरचन, दिपावली, घडी पर्व, जितिया, छठ पर्व लगायतका विभिन्न पर्वहरु मनाउने गरिन्छ । मिथिलाञ्चलको कृषि आधारित जीवन चक्रले यस्ता लोक पर्वहरुलाई बडो सहजता साथ स्वीकार गरी घर–परिवार सपार्न निष्ठाको प्रदर्शन गर्दै प्रशन्नता बटुुल्ने सत्प्रयास गर्दै समयको अन्तरालमा परिवर्तन साथ यसको मौलिक अवधारणालाई कायम राख्दै पर्वको निरन्तरता कायम राखेका छन् ।

भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माझको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै घरमूली ब्रतालुले फलफुल र मिष्ठान्न परिकार चन्द्रमालाई देखाएर चौरचन व्रत समापन गर्ने मैथिल परम्परा छ ।

घरको आँगनमा गाईको गोबर वा चिकनी माटोले लिपेर त्यसमा चामलको पिठोबाट बनाईएको अरिपनमा नयाँ माटोको भाँडोमा जमाइएको दही, मिठाइ, नरिवल, केरा, पुरीलगायतका सामग्रीलाई राखेर पूजा गरिन्छ । चौंठचनको पूजामा मुख्य भूमिका निर्वाह गर्ने व्यक्ति उपवासमा बस्छन् । खासगरी खिर, पुरी, दही र गच्छेअनुसारका अन्य मिष्ठान्न परिकार तथा केरा र मौसम अनुसारका फलफुल चन्द्रमालाई देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद खुवाएपछि यो पर्व सम्पन्न हुनेछ । यो पर्व खासगरी मैथिली समुदाय र थारू जातिमा मनाइने गरिएको छ ।
चौरचनको महत्व

चौरचन पर्व मिथिला क्षेत्रको पारम्परिक लोकपद्धतिमा आधारित पर्व रहेको वरिष्ठ पत्रकार तथा साहित्यकार रामभरोस कापडीले बताए । उनले भने, ‘हामीकहाँ जति लोक परम्परा रहेको छ त्यसमा कुनै प्रकारको भेदभाव हुँदैन् । यसमा कुनै तामझाम हुँदैन् । यसमा प्रयोग हुने विभिन्न सामग्री जस्तै माटोको भाँडा, फलफुल, पिठोबाट बनेको परिकार, दही लगायतका सम्पूर्ण सामग्री आफ्नै घर आँगनबाट उत्पादन भएको प्रयोग हुन्छ ।’ उनका अनुसार मानिस जन्म लिएपछि उनीहरुले सूर्य र चन्द्रमालाई मात्र हेर्यो बाँकी सबै देवी देवतालाई शास्त्रीय विधि अनुसार प्रतिष्ठानमा राखेर पूजा गरिन्छ ।

चौरचन पर्वको आयोजना भाद्र शुक्ल चतुर्थी तिथिका दिन रातिमा मनाइन्छ । यो वास्तवमा चन्द्रमाको पूजा हो । भनिन्छ यो तिथिमा चन्द्रमालाई नाङ्गो आँखाले हेर्दा कलंक (अपयश) लाग्ने हुनाले पूजा गरि अर्थात खाद्यान्न, फलफूल, दही आदिको अर्घ्य दिएर चन्द्र–दर्शन गर्दा त्यो अपयशबाट बच्न सकिन्छ ।
पर्वको प्रारम्भ

मिथिलाञ्चल क्षेत्रमा मनाईने विभिन्न लोक पर्वहरुको प्रारम्भबारे प्रमाणिक रुपमा उपलब्ध हुँदैन । जसरी यो समाजले आफ्नो आवश्यता, सहुलियत आदिकै आधारमा यसलाई ग्रहण गरे । त्यो कतै अभिलेख रुपमा पाइदैन । यो पीढि दर पीढि हस्तान्तरण हुँदै आए । तर पनि केहि अवधारणाहरु यस पर्वको प्रारम्भको पृष्ठभूमिमा छ जसलाई संक्षेपमा राख्न सकिन्छ ।

मिथिलाञ्चल क्षेत्रमा डाक वचन अत्यन्त प्रमाणिक र लोक ज्योतिष शास्त्रकै ऋचा जस्तै स्वीकार गरिएका छन् । कृषि कर्मबारे उनका वचन अत्यन्त सटिक हुन्थ्यो । आज पनि मिलेकोछ तर पर्यावरणीय अव्यवस्थाले गर्दा तलमाथि हुने गर्दछ । एउटा वचन आएको छ–‘‘काशी कुशी चौठी चान, आब की रोपबह धान किसान’’ अर्थात चतुर्थी (शुक्ल चतुर्थी) को चन्द्रमा आकाशमा देखिसके पछि धानको रोपाइँ गर्नु हुँदैन, गर्ने बेला गई सकेको हुन्छ । यो बोल लगभग एक सय वर्ष पूर्व डाक द्धारा व्यक्त गरिएकोले यसको व्यवहार त्यस भन्दा अगाडी देखि नै समाजमा भएको अनुमान गर्न सकिन्छ ।
चौरचनको कथा

मिथिलाञ्चल क्षेत्रमा मनाउने चौरचनको विभिन्न प्रचलित कथा रहेको वरिष्ठ पत्रकार तथा साहित्यकार कापडी बताउँछन् । उनका अनुसार श्रीकृष्णलाई आजैको दिन स्यमन्तक मणिको प्रसंगमा लागेको कलंक छुटेकोले यस पर्वको पौराणिक महत्व पनि स्थापित भएको छ । श्रीमद्भागवतमा एउटा कथा आएको छ । द्धापरमा द्धारिकापुरीमा सत्रजीत नामको एउटा गरिब यादव भगवान सूर्यको अराधना गरी निकै उत्कृृष्ट मणि प्राप्त गरेका थिए–स्यमन्तक ।

विधिपूर्वक पूजा गरेपछि उक्त मणिबाट प्रतिदिन २० मन सुन प्राप्त गर्थे उक्त यादवले । उनी छिटै धनाढ्य हुन पुगे । चारै तिर यो खबर फिजियो । एकदिन राजाको दरबारमा सत्रजीत मणि गलामा धारण गरेर नै पुगेछन् । मणिको प्रभावले चारैतिर प्रकशित भएर दरबार नै चकमक्क भयो । श्रीकृष्णले यादवलाई मणि राजालाई दिन आग्रह गरे । तर उनले मानेनन् र बहाना बनाई घर फर्कि हाले । घरमा गएपछि राजाले लेला भन्ने डरले भाइ प्रसेनजीतलाई मणि जिम्मा लगाई सुरक्षा साथ जंगल पठाए । कालक्रममा प्रसेनजीतको मृत्यु भएपछि उक्त मणि एउटा सिंहबाट जाम्बवान नाउँको बलशाली भालुले हात पारे । भालुको निवास एउटा विशाल गुफामा थियो ।

जब प्रसेनजीतको मृृत्यु र मणि हराएको खबर राजा कहाँ आयो तब उसको संदेह श्रीकृष्णमाथि नै गयो । आफूमाथि लागेको कलंक धुन श्रीकृष्ण जंगल गए र निकै खोजबिन गरे पछि त्यहाँ उपलब्ध साक्ष्यहरुको आधारमा आशंका गर्दै त्यस गुफा भित्र प्रवेश गरे । दशदिन भन्दा पनि बढी गुफाबाट श्रीकृष्ण बाहिर न आए पछि सँगै आएका सैनिकहरु निराश भै राजधानी फर्के । त्यहाँ श्रीकृष्णको लागि निकै शोकलहर चल्यो ।

समय बित्दै जाँदा अठाइसौँ दिन श्रीकृष्ण मणि र एक सुन्दर महिला साथ राजधानी फर्के । वास्तवमा जामवन्त भालुसँग लडाई गर्दै अन्तमा उनलाई हराएर मणि साथ उनकी छोरी जाम्ववतीलाई लिएर उनी आएका थिए । त्यो दिन भाद्र शुक्ल चतुर्थीकै थियो । श्रीकृष्णको कलंक मुक्तिको त्यो दिनलाई स्मरणार्थ चन्द्रपूजाको विधान रुपान्तरित भएको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com