
काठमाडौं, १५ भदौ । हिन्दूहरुको महान चाड हरितालिका तीजको अवसरमा लाखौं नारीहरुले पशुपतिनाथको दर्शन गर्ने गर्छन । त्यसैले दर्शनाथीको सुरक्षा र सुविधाका लागि पशुपति क्षेत्र विकास कोषले विशेष व्यवस्था गर्दै आएको छ । यस पटकको तिजमा पनि दर्शनार्थीको सुरक्षा र सुविधाका लागि सम्पूर्ण तयारी पूरा भएको बताइएको छ ।
तीजको दिन हजारौं हिन्दू नारी दर्शनका लागि काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा जाने गर्दछन् । तीजको अघिल्लो रातिदेखि नै नारी पशुपतिनाथको दर्शनका लागि लाइनमा बस्छन् । दर्शनलाई सहज, सरलका साथै सुरक्षित बनाउन पशुपति क्षेत्र विकास कोषले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको विकास कोषका सदस्य सचिव प्रदिप ढकालले बताए ।
तीजको अवसरमा पशुपति मन्दिरमा घुइ“चो हुने भएकाले दर्शनमा आउनेहरुलाई सुनलगायत बहुमूल्य वस्तुका गरगहना नलगाई दर्शन गर्न आउन कोषले आग्रह गरेको छ । यसका साथै साना बालबालिकालाई पनि मन्दिर नल्याउन आग्रह गरिएको छ ।
लाखौं दर्शनार्थी हुने भएकाले पाशुपत क्षेत्रमा सुरक्षाको विशेष प्रबन्ध मिलाईएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । सुरक्षाका लागि चार हजारको हाराहारीमा सुरक्षाकर्मि खटाइने बताइएको छ । सुरक्षालाई ध्यानमा राखेर मन्दिर प्राङगण, कोर क्षेत्र र बाहीरी क्षेत्रमा पनि सुरषा ब्यवस्था कडा बनाईएको छ ।
स्वास्थ्य सेवाका लागि कोर क्षेत्रभित्र बिभिन्न स्वास्थ्य संस्थाहरुले सेवा उपलब्ध गराउने छन् । दर्शनार्थीकोे सहजताका लागि बिहान ३ बजेदेखि नै पशुपतिनाथको चारैवटा ढोका खोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । गौरीघाटबाट आउने दर्शनार्थीलाई उत्तरढोकाबाट, जयबागेश्वरीबाट आउने दर्शनार्थीलाई पश्चिमढोकाबाट, तिलगंगाबाट आउने दर्शनार्थीलाई पूर्वढोकाबाट लाइनमा राखेर दर्शन गर्ने र सोही ठाउ“बाट फर्कने व्यवस्था मिलाइएको छ ।







प्रतिक्रिया दिनुहोस्