
सिरहा , १५ भदौ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीको सक्रियतामा धमाधम पक्राउ पर्दै फरार प्रतिवादीहरु । जिल्ला अदालतबाट विभिन्न कसुरमा सजाए तोकी कैद भुक्तान गर्न बाँकी रहेका तिन जना फरार प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नागरिता किर्ते मुद्दाका लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ५ का ५३ वर्षीय रामलोचन यादव, ज्यान मार्ने उद्योग मुद्दाका सिरहा नगरपालिका वडा नं. १४ का ५५ वर्षीय महेन्द्र पासवान र लेनदेन बिगो मुद्दाका सिरहा नगरपालिका वडा नं. १४ का ६२ वर्षीय शिव दयाल पासवान रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
साविक खरुक्याईहि गा।वि।स।वडा न। ३ बस्ने ४५ वर्षीय जकरु मुखियाको जाहेरीले नागरिकता किर्ते मुद्दका फरार प्रतिवादि लक्ष्मीपुर पतारी गा.पा. ५ वस्ने ५३ वर्षीय रामलोचन यादवलाई इलका प्रहरी कार्यालय महेशपुरपतारबाट खटीएको गस्ती टोलीले लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ५ बाट पक्राउ गरी इलका प्रहरी कार्यालय महेशपुरपतार ल्याई राखिएको थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
त्यसतै सिरहा नगरपालिका वडा नं. १४ बस्ने २३ वर्षीय ममता कुमारी दासको जाहेरीले ज्यान मार्ने उद्योग मुद्दाका सोही वडामा बस्ने ५४ वर्षीय महेन्द्र पासवानलाई सुखचैनाबाट प्रहरीले पक्राउ गरिएको छ । र लेनदेन मुद्दाका फरार प्रतिवादी सिरहा नगरपालिका वडा नं। १४ का ६२ वर्षीय शिव दयाल पासवानलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहा प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्