पोखरामा ‘उमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप–२०१९’ को तयारी तिव्र




पोखरा, १५ भदौ । पोखरामा आगामी असोज ११ गते ‘उमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप–२०१९’ हुने भएको छ । गोर्खा क्लासिक नेपालको आयोजनामा पहिलो संस्करणको ‘उमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप’ हुन लागेको आज पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।

शारीरिक सुगठन खेलप्रति महिलालाई प्रबेश गराउन र व्यवसायिक बनाउने लक्ष्य सहित च्याम्पियनसिपको आयोजना गर्न लागेको गोर्खा क्लासिक नेपालका अध्यक्ष कुमार गुरुङले बताउनुभयो । प्रतियोगितामा विकिनी र फिजिक गरी दुई बिद्यामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने उहांले जानकारी दिनुभयो ।

फिजिक तर्फको बिजेताले नगद २ लाख रुपैयां प्राप्त गर्नेछन भने उपबिजेता र सान्त्वना स्थान हाँसिल गर्ने खेलाडीले क्रमश १ लाख ५ हजार र ८० हजार हात पार्नेछन् । त्यस्तै बिकिनी तर्फको बिजेता खेलाडीलाई ८० हजार प्रदान गरिने छ । उक्त प्रतियोगितामा एउटा खेलाडीले एक बिद्यामा मात्र भाग लिन पाउने बताउदै उपाधिका लागि तिन चरण पार गर्नुपर्ने उनले बताए । प्रतियोगितामा खेलाडीहरुको उचाईको आधारमा २० भन्दा बढीको सहभागि हुने विश्वास गरिएको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All