ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘अतिथि देवो भव’ को भावनाबाट विमानस्थल कर्मचारी विमुख


एबीसी न्यूज
भाद्र १५, २०७६ आईतबार  १२ : ५२ बजे

काठमाडौं, १५ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आफ्ना कर्मचारीलाई यात्रुसँगको व्यवहार सहज र राम्रो बनाउन सकारात्मक सोचसम्बन्धी प्रशिक्षण प्रदान गरेको छ ।‘अतिथि देवो भव’ को भावनाबाट विमानस्थल कर्मचारी विमुख नहुन भनेर सबै कर्मचारीका लागि नैतिकतासम्बन्धी प्रशिक्षण आयोजना गरिएको हो । साथै कर्मचारीमा आज गर्नसकिने काम सकेसम्म आजै गर्ने भन्ने सोचको विकास गर्न र भोलि भन्ने बानी हटाउन प्रशिक्षण प्रभावकारी हुने बताइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज उक्त प्रशिक्षण शुभारम्भ गर्दै यस्ता प्रशिक्षणले यात्रुसँगको व्यवहार राम्रो हुनाका साथै सम्बन्ध पनि कायम हुने बताउनुभयो । सोही मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रशिक्षणपछि कर्मचारीमा राम्रो सोचको विकास भए नभएको अनुगमन गर्न सम्बन्धित निकायलाई सुझाव दिनुभयो । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले दैनिक करीब २० हजार यात्रु ओहरदोहर गर्ने विमानस्थलका कर्मचारीले यात्रुसँग राम्रो व्यहार गरून् भन्ने उद्देश्यले यो प्रशिक्षण आयोजना गरिएको बताउनुभयो ।

विमानस्थल कार्यालयले पाँच दिनमा विभिन्न ‘सिफ्ट’ गरी करीब ९००कर्मचारीलाई विज्ञ प्रशिक्षकबाट प्रशिक्षण दिइने जनाएको छ । यो प्रशिक्षणपछि अर्को महीना विमानस्थलका ट्याक्सी चालकलाई पनि यस्तै प्रशिक्षण दिइने भएको छ । विमानस्थलका कर्मचारीले यात्रुसँग झर्कनाका साथै सहज व्यवहार नगरेको भन्ने गुनासो आएपछि मन्त्री भट्टराईको निदर्नेशनमा सो प्रशिक्षण आयोजना गरिएको महाप्रबन्धक क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com