ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक समृद्धिको यात्रामा सहकार्य अनिवार्य– मन्त्री यादव


एबीसी न्यूज

काठमाडौं, १४  भदौ । उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री मातृका यादवले आर्थिक समृद्धिको यात्रामा सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ । चन्द्रनिगाहपुरमा आज नेपाल इँटा उद्योग महासङ्घको ११औँ साधारणसभामा उहाँले पक्ष र प्रतिपक्षभन्दा पनि विकासको अभियानमा सहयात्री भएर अघि बढ्न सबैलाई सुझाव दिनुभयो ।

“प्रतिपक्षमा रहेर विरोधभन्दा समृद्धिको अभियानमा एकताबद्ध भएर अघि बढ्नुपर्छ”, मन्त्री यादवले भन्नुभयो । उद्योग तथा व्यवसाय क्षेत्रका समस्या सहकार्य, बहस र छलफलका माध्यमबाट समाधान गर्नुपर्ने उहाँको भनाइ थियो । पुराना ऐन÷कानून उद्योगका लागि बाधक भए सच््याउन वा परिमार्जन गर्न सकिने उहाँले बताउनुभयो ।

इँटा उद्योगले पनि पुराना प्रविधि नै अविलम्बन गरेकाले बाधक भएको मन्त्री यादवले बताउनुभयो । उहाँले तुरुन्त नयाँ प्रविधिमा जान सुझाव दिनुभयो । धुवाँ र प्रदूषणमुक्त वातावरण तथा प्रविधिमैत्री उद्योग स्थापनामा उहाँले जोड दिनुभयो । “इँटा उद्योग व्यवस्थित गर्न खोजेको हो, आतङ्कित पार्ने उद्देश्य होइन्”, मन्त्री यादवले प्रष्ट पार्नुभयो । काभ्रेपलाञ्चोकको भकुण्डेबंँसीमा इँटा उद्योगमा भएको क्षतिप्रति उहाँले दुःख व्यक्त गर्दै यसबारे यथार्थ पत्ता लगाइने बताउनुभयो ।

उद्योगमन्त्री यादवले प्रतिपक्ष काङ्ग्रेसले आफू सरकारमा हुँदा काम नगरेको र अहिले प्रतिपक्षको धर्म निर्वाह गर्नका लागि मात्र सरकारको विरोध गरिरहेको उल्लेख गर्नुभयो । बन्द रहेका उद्योग तथा कारखाना सञ्चालन गर्ने प्रक्रियामा रहेको मन्त्री यादवले बताउनुभयो ।

कार्यक्रममा सांसद देवप्रसाद तिमल्सिनाले इँटा उद्योगले कर मात्र बुझाउने सरकारीस्तरबाट सेवा सुविधा नपाउने भएपछि समस्या भएको बताउनुभयो । उहाँले व्यवसाय प्रर्वद्धनमा जोड दिनुपर्ने बताउनुभयो । नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकारको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष शङ्कर चन्दले इँटा उद्योग र व्यवसायीका समस्या सरकारले बुझ्नुपर्ने बताउनुभयो । देशभरका इँटा व्यवसायी सहभागी रहेको उक्त साधारणसभामा आयव्यय, वार्षिक प्रतिवेदन, भावी योजनालगायत विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com