ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकास र समृद्धिको काममा सबै दल एक हुनपर्छ– मन्त्री भट्टराई


एबीसी न्यूज
भाद्र १२, २०७६ बिहीबार  ८ : ३५ बजे

काठमाडौं, १२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विकास निर्माण र समृद्धिको काममा सबै राजनीतिक दल एक भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । धौवादी रुद्रपुर गढी पर्यटकीय क्षेत्रको उद्घाटन, लालीगुराँस संरक्षित क्षेत्र घोषणा तथा एकीकृत नमूना बस्तीको शिलान्यास कार्यक्रमा मन्त्री भट्टराईले विकास निर्माण र समृद्धिको काममा सबै राजनीतिक दलबीच राष्ट्रिय सहमति गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

लोकतन्त्रमा चुवानमा प्रतिस्पर्धा हुने भए पनि कुनै एक दलको अर्को दलसँग दुस्मनी नभएको भन्दै सबै एक भएर विकास निर्माण र समृद्धिको काममा जुट्नुपर्ने उहाँले बताउनुभयो । “दलहरुबीच चुनावमा प्रतिस्पर्धा हुनु लोकतान्त्रिक प्रक्रिया हो, तर जब विकास र निर्माणको कुरा आउँछ हामी सबै एकताबद्ध भएर हिँड्नुपर्छ”, मन्त्री भट्टराईले भन्नुभयो ।

उहाँले सबैको दुश्मनी गरीबी, अशिक्षा, पछौटेपनसँग रहेको बताउँदै यी प्रमुख दुश्मनसँग लड्न सबै एकताबद्ध भएर लाग्न आवश्यक रहेको बताउनुभयो । “हाम्रो दुश्मनी कसैसँग छैन, दुश्मनी छ भने गरीबी, अशिक्षा, पछौटेपनसँग छ”, मन्त्री भट्टराईले भन्नुभयो, “त्यसैले यो दुश्मनीविरुद्ध एक भएर लडौँ ।”

विकास र निर्माणको काममा राजनीतिकदल एकताबद्ध भएर अगाडि बढ्छन् कि बढ्दैन भनेर अहिले जनताले नजिकबाट हेरिरहेको भन्दै यो मौकाको सदुपयोग गर्दै अगाडि बढ्न उहाँले सबैमा अनुरोध गर्नुभयो । “इतिहासले सधैँ मौका दिँदैन, खास खास समयमा मौका दिन्छ, हामीलाई त्यो मौका दिएको छ”, मन्त्री भट्टराईले भन्नुभयो, “त्यसैले म सबै राजनीतिकदलका मित्रलाई समेत एकताबद्ध भएर अगाडि बढ्न अनुरोध गर्न चाहान्छु ।”

नेपाल कम्युनिष्ट पार्टी र नेपाली काङ्गे्रसको अहिलेको परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको बताउँदै अझै विकास र निर्माणको काममा यी दुवै दलको भूमिका समेत उत्तिकै रहेको मन्त्री भट्टराईले बताउनुभयो । हुप्सेकोट गाउँपालिकाले पर्यटकीय क्षेत्रको विकाससहित प्रचारप्रसारका लागि यस क्षेत्रमा विभिन्न कार्य गर्दैछ । गाउँपालिकाले रु छ करोडको लागतमा एतिहासिक रुद्रपुर गढीलाई पर्यटीय क्षेत्रको रुपमा विकास गर्न लागेको छ । यस्तै रु दुई करोडको लागतमा लालीगुराँस संरक्षित क्षेत्र निर्माण र अनुमानित रु आठ करोडको लागतमा एकीकृत नमूना बस्ती निर्माण गर्न लागेको छ । गाउँपालिकाले यी विभिन्न योजनाका लागि चालू आवमा रु दुई करोड विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

सम्बन्धित

अनामनगरको साततले घरमा दिउँसो डोजर चल्यो, साँझ मालिक पक्राउ

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

सुकुम्वासीबारे सरकारलाई रास्वपाले भन्यो– सुकुम्वासीबाहेक अन्यलाई अहिले कुनै कारबाही नगर्नू

अध्यादेशको बचाउमा कानुनमन्त्री सोविता गौतमको ‘भ्रमपूर्ण दाबी’

ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्ने

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, अध्यादेशमार्फत नयाँ व्यवस्था लागू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com