ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा छ– अर्थमन्त्री खतिवडा


एबीसी न्यूज

काठमाडौं, १२ भदौ । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर नीतिनियम तथा काम कारवाहीलाई अगाडि बढाएकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखापरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले सरकारले आर्थिक कूटनीतिलाई समेत केन्द्रमा राखेको र आफ्ना गतिविधिलाई सोही आधारमा केन्द्रीकृत गरेको जानकारी दिनुभयो । लगानी सम्मेलन जस्ता अन्तर्राष्ट्रियस्तरका सम्मेलनले समेत सकारात्मक वातावरण बनाएको उहाँको भनाइ छ ।

नेपालको संविधानले तीन खम्बे सार्वजनिक, निजी र सहकारीलाई समावेश गरेको, निजी क्षेत्रलाई समेत निश्चित भूमिका दिएको उहाँले उल्लेख गर्नुभयो । विदेशी स्वामित्वका बैंक तथा वित्तीय संस्थाबाट प्रविधि हस्तान्तरण भएको, दक्ष जनशक्ति उत्पादनमा समेत त्यसले भूमिका निर्वाह गरेको भन्दै उहाँले विदेशी स्वामित्वका संस्थाहरु खराब मात्रै हुन्छन् भन्ने मान्यता राख्न नहुने बताउनुभयो ।

विदेशी लगानीको भए पनि त्यस्ता बैंक तथा वित्तीय संस्थाले नेपाली कानून, विधि र प्राथमिकताअनुसार सञ्चालन हुने गरेको भन्दै द्विविधा राख्न नहुने अर्थमन्त्रीले उल्लेख गर्नुभयो ।

सरकारले घोषणा गरेको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाले आवश्यक तयारी गरेको जानकारी सरकारलाई गराएको भन्दै उहाँले प्रचारप्रसारको अभावमा सरोकार भएका सबैले सो विषयमा आवश्यक जानकारी पाउन नसकेको पनि हुन सक्ने बताउनुभयो ।

सहुलियतपूर्ण कर्जा लिएर कृषि क्षेत्रमा लागेकाहरुले राम्रो प्रतिफल पाउन थालेको भन्दै मन्त्री डा खतिवडाले चालू आर्थिक वर्षमा सो कार्यक्रमले थप प्रभाव देखाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले कतिपय दातृ निकायका सर्तका कारण पनि भूकम्पपछिको पुनः निर्माणलगायतका विषयमा प्रतिबद्धता अनुसारको रकम प्राप्त हुन नसकेको बताउनुभयो । अर्थमन्त्री डा खतिवडालाई सांसदहरु प्रेम सुवाल, रामबहादुर विष्ट, महेश बस्नेतलगायतले प्रश्न गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com