ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रगतका लागि सेना र प्रहरीकै भर


एबीसी न्यूज

सप्तरी, १२ भदौ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा प्रत्येक दिन रगत दिनुपर्ने बिरामी भर्ना हुन्छन् । अस्पताल परिसरमा रक्त सञ्चार केन्द्र ९ब्लड बैंक० छ तर, प्रायः रगतको अभाव रहन्छ ।

उपचारार्थ आकस्मिक कक्ष र प्रसूति कक्षमा भर्ना भएका बिरामी रगतका लागि छट्पटाउँछन् । चिकित्सकको आदेशमा बिरामीका आफन्त अस्पताल परिसरमै रहेको रक्त सञ्चार केन्द्र दर्गुछन् । केन्द्रका प्रमुख नवीनकुमार झा भने नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीलाई ‘फोन डायल’ गरी आग्रह गर्नुहुन्छ – “रगतको अभाव छ । रगतको जरुरी प¥यो सर ।” गणपति र प्रहरी प्रमुखबाट ‘ड्युटी’मा खटिएका सैनिक, प्रहरीलाई बोलावट हुन्छ । मिल्दो रक्त समूह पत्ता लागेपछि उनीहरूलाई ‘ड्युटी’ छाडेर अस्पताल परिसरमा रहेको रक्त सञ्चार केन्द्र पठाइन्छ ।

यसरी रगत अभावका बेला सहज ढङ्गले सेना र प्रहरी आएर रगत दिन थाले पछि रक्त सञ्चार केन्द्र अहिले सेना र प्रहरीको भर पर्न लागेको छ । गत बिहीबार प्रसूति गराउन अस्पताल ल्याइएकी दुई गर्भवती महिलालाई ‘ए नेगेटिभ’ र ‘ए पोजिटिभ’ रगत आवश्यक परे पछि केन्द्रले सेना र प्रहरीसँग गुहार माग्यो । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा उक्त रक्त समूहको रक्तदाता नभेटिएपछि राजविराजस्थित भीमदल गणसँग गुहार लगायो । सेनाका दुई सैनिक जवानले रक्तदान गरी ती दुवै महिलाको ज्यान जोगाए ।

छिन्नमस्ता गाउँपालिका–६ कुपहीका पवन मुखियाकी श्रीमती २८ वर्षीया रामवती मुखियालाई पनि भीम दल गणका अमल्दार माधवराज रानाले रक्तदान गरी ज्यान जोगाउनु भयो । प्रसूति गराउन राजविराजस्थित अनार भूपेन्द्रनाथ हस्पिटल प्रालिमा भर्ना हुनुभएकी मुखियालाई आवश्यक परेको ‘ए पोजेटिभ’ समूहको रगत नभेटिएपछि अमल्दार रानाले उहाँको ज्यान जोगाउन रक्तदान गर्नुभयो । एक पोका रगतले नपुगेपछि गणका अर्का अमल्दार दीपेन्द्रसिंह साउदले अर्को पोका रगत दिनुभयो ।

त्यसअघि कञ्चनरुप नगरपालिका–४ रुपनगर निवासी सुरेशकुमार मेहताकी श्रीमती २९ वर्षीया चम्पाकुमारी मेहतालाई आवश्यक परेको ‘एबी नेगेटिभ’ समूहको रगत गणका राजेन्द्रबहादुर रावलले उपलब्ध गराई ज्यान जोगाउनु भयो ।

नेपाल रेडक्रस सोसाइटीले रक्तदाताहरुलाई प्रोत्साहन गर्न नसक्दा र सोधभर्ना नलिई रेडक्रसका पदाधिकारीको सिफारिशमा आफूखुशी रगत बाँड्ने गर्दा रगतको कमी हुँदै आएको स्वयंसेवी रक्तदाताहरु बताउँछन् । संस्थागत रुपमा बेला–बेलामा हुने रक्तदान कार्यक्रममा समेत रगत दिनेहरुको सङ्ख्यामा कमी आएपछि रगतको अभाव हुन थालेको र सेना÷प्रहरीको भर पर्नुपरेको केन्द्रका प्रमुख झाले बताउनुभयो ।

“सिफारिश गर्न लश्करै आफन्तहरु आउँछन् तर, रगत दिन तयार हुँदैनन्, संस्थाहरुले गर्ने रक्तदान कार्यक्रममा समेत थोरै सङ्ख्यामा रगत सङ्कलन हुन्छ,” झाले भन्नुभयो – “नेगेटिभ समूहको रगत पाउन त झनै मुश्किल छ ।” राजगढ गाउँपालिका वडा नं ६ बर्दाहीका गणेश यादवकी श्रीमती २४ वर्षीया ललितादेवी यादवलाई पनि भीम दल गणकै सिपाही टेकबहादुर शाहले रगत दिएर ज्यान जोगाउनु भयो । प्रसूतिका लागि आउनुभएकी यादवको शरीरमा रगतको कमी भएपछि दुर्लभ मानिएको ‘बी नेगेटिभ’ रगत शाहले दिनुभयो । केन्द्रका प्रमुख झाका अनुसार रगत अभाव हुँदा बिरामीलाई जोगाउन सेना र प्रहरीलाई डाक्ने गरिएको र रगतको अभाव पूर्ति गर्ने गरिएको छ ।

रगतको अभाव भएर दिनहुँ रक्त सञ्चार केन्द्रबाट सहयोग माग हुन थालेपछि सशस्त्र प्रहरी बलले रक्तदान कार्यक्रमको आयोजना नै ग¥यो । सप्तरीको विष्णुपुर गाउँपालिका–६ गोरगामास्थित सशस्त्र प्रहरी बल ६ नं गणले कार्यालय परिसरमै आयोजना गरेको रक्तदान कार्यक्रममा एक सशस्त्र प्रहरी नायब निरीक्षकसहित ३० सशस्त्र प्रहरी जवानले रक्तदान गर्नुभयो । सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेका अनुसार सशस्त्र प्रहरी बल ६ नं गण गोरगामा, बोर्डर आउट पोष्ट बनैनीया, कडरवोना र सीतापुरमा कार्यरत सशस्त्र प्रहरीहरुले रक्तदान गर्नुभयो ।

सशस्त्र प्रहरी बलको गठनका लागि तत्कालीन संसदबाट पारित भएको ऐनमा लालमोहर लागेको दिनको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको ६ नं गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेले बताउनुभयो । विसं २०५८ भदौ ९ गते संसदबाट पारित सशस्त्र प्रहरी बलको गठनसम्बन्धी विधेयकमा लालमोहर लागेको थियो भने सोही सालको कात्तिक ७ गते सशस्त्र प्रहरी बलको स्थापना भएको थियो ।

रक्तसञ्चार केन्द्रमा ‘बी पोजेटिभ’ रक्त समूहको आठ पोका रगत मात्र मौज्दात रहेका बेला सशस्त्र प्रहरीले गरेको रक्तदान कार्यक्रमले दुई साताका लागि राहत मिलेको केन्द्रका कर्मचारी भरत यादव बताउनुहुन्छ ।

रक्त सञ्चार केन्द्रको मागअनुसार अहिले सैनिक–प्रहरीले आपत्कालीन रक्तदान गरेर बिरामीहरुको ज्यान जोगाउन थालेका छन् । बिरामीलाई रगत चाहिए चिकित्सक, रक्त सञ्चार केन्द्र र बिरामीका आफन्तहरुले सम्झने नाम नै सेना र प्रहरी बनेको छ । अन्य संस्थाहरुले गर्ने रक्तदान कार्यक्रमहरुमा समेत रगतका लागि सेना र प्रहरीलाई अनिवार्य बोलाइन्छ । खबर गर्न सजिलो र रक्तदानका लागि सहजै तयार हुने भएकाले सोझै नेपाली सेनाको गण र प्रहरी कार्यालयलाई अनुरोध गर्ने गरिएको केन्द्रले जनाएको छ ।

भीम दल गणका गणपति गुप्तबहादुर कुँवरले आफ्ना सिपाहीले धेरै बिरामीलाई मृत्युको मुखबाट बचाएको दाबी गर्नुभयो । “जस्तोसुकै आपत्विपद् परेका बेला नेपाली सेना जनतालाई सहयोग गर्न तयार छ,” उहाँले भन्नुभयो – “कतैबाट रगत प्राप्त हुन नसके हामी उपलब्ध गराउँछौं ।” सेनाका साथै प्रहरीले पनि रगत दिएर धेरैको ज्यान बचाएका छन् । अस्पतालमा विशेष गरी सुत्केरी र चोटपटक लागेका बिरामीलाई बढी रगत चढाउनुपर्ने अवस्था निम्तिने गरेको छ । गजेन्द्रनारायण सिंह अस्पतालको सुधारसँगै विशेषज्ञ चिकित्सकहरु थपिए पछि बिरामीको चाप पनि बढेको छ । प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा चुमनलाल दासका अनुसार अस्पतालमा उपचार गर्न आउने बिरामीसँगै सुत्केरी गराउनेहरूको सङ्ख्या बढेको छ । बिरामी बढेपछि उनीहरूलाई रगत चढाउनुपर्ने अवस्था पनि उत्तिकै सङ्ख्यामा बढेको छ । बिरामी बढेसँगै रगतको माग पनि बढेको केन्द्रले जनाएको छ ।

“गण भएकाले प्रायः सबै समूहको रगत फेला पर्ने सम्भावना रहन्छ,” सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेले भन्नुभयो – “रक्त समूह मिल्ने प्रहरीहरु आफैं रक्तदान गर्न इच्छुक हुने भएकाले सहजै रगत उपलब्ध गराउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com