ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘भिडियो कन्फ्रेन्सको विरोध गर्नु औचित्य छैन’


एबीसी न्यूज

 


काठमाडौं, १२ भदौ । राष्ट्रियसभाको बैठकको विशेष समयमा सांसद शेरबहादुर कुँवरले पछिल्लो सयम अछाममा प्राकृतिक विपद्अन्तर्गत चट्याङबाट चार जना मृत्यु, २८४ घाइते र १७ भन्दा चौपाया मृत्यु भएको तर्फ सदनको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले भन्नुभयो, “ चट्याङबाट विशेष गरी अछामको पञ्चदेवल विनायक नगरपालिका क्षेत्र बढी पीडित छ । तत्काल भूगर्भविद् पठाई के कारणले सो क्षेत्रमा चट्याङ प¥यो, जानकारी दिनुप¥यो । नियन्त्रणमा कार्ययोजना ल्याउनुप¥यो । जोगिन जनचेतनाका कार्यक्रम सञ्चालनसमेत गर्नुप¥यो ।”

सांसद राधेश्याम अधिकारीले सिङ्गापुरमा स्वास्थ्योपचार गरिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सूचना प्रविधिको प्रयोग गरी मन्त्रिपरिषद्को बैठक सम्पन्न गर्नुभएकामा सरकारको गोपनीयता धरापमा परेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद्को बैठक गर्दा सरकारको गोपनीयता कसरी जोगियो रु”

सांसद वृषेशचन्द्र लालले संसदीय गतिविधिप्रति सरकारलाई उत्तरदायी बन्न आग्रह गर्दै भूमिसम्बन्धी ऐनमा भूमि व्यवस्था, सहकारी तथा गरीबी मन्त्रीले सदनमा गलत सूचना दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यशक्तिको बाँडफाँट संविधानअनुसार हुनुपर्छ ।”

सांसद नैनकला ओझाले सुकुम्वासी र भूमिहीनका समस्या समाधान गर्न तथा सरकारी अस्पतालमा बिग्रेका उपकरण मर्मतमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारी अस्पतालका उपकरण बिग्रेका कारण जनताले दुःख पाइरहेका छन् तर मन्त्रालयले ध्यान दिएको छैन ।”

सांसद अनिता देवकोटाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि बुधबार भएको साङ्घातिक हमलाको निन्दा गर्दै आक्रमणकारीमाथि किटानी जाहेरी दिँदा पनि प्रहरीले पक्राउ नगरेकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “प्रतिष्ठानको पूर्वाधारमा सरकारले ध्यान गएको छैन । रु दुई करोडले के बन्छ रु सरकारले आफ्नो गोपनीयतामा ध्यान दिनुप¥यो ।”

सांसद रामनारायण बिँडारीले सूचना प्रविधिबाट सरकारको गोपनीयता नजाने विचार राख्दै अत्याधुनिक सूचना प्रविधि प्रयोग गरी भिडियो कन्फ्रेन्सबाट प्रधानमन्त्री ओलीले सिङ्गापुरबाट मन्त्रिपरिषद् बैठक बस्नु स्वागतयोग्य कुरा हो भन्नुभयो । उहाँले भन्नुभयो, “ भिडियो कन्फ्रेन्सको विरोध गर्नु कुनै औचित्य छैन ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com